धरानबाट खैरो हेरोइन कारोबारी पक्राउ

  • मंसिर २१, २०७७
  • १,४१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ मंसिर ः खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भई सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

सिंहलाई शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बुद्ध चोकबाट भोटेपुलतर्फ जाँदै गरेको स्कार्पियो रोकेर चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको हो ।

डिएसपि वस्नेतका उनका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोला) को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेटमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic