सगरमाथाको उचाइ बढ्यो

  • मंसिर २४, २०७७
  • १७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः नेपाल र चीनद्वारा संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइको घोषणा गरेका छन् । पुरानो उचाइमा ८६ सेन्टिमिटर बढि रहेको छ ।

मंगलबार नापी विभागमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यीले भर्चुअल रूपमा नयाँ उचाइ सार्वजनिक गररेका छन् ।

नयाँ सार्वजनिक भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेको छ ।

यस अघि भारतको सर्भे अफ इन्डियाले सन् १९५४ मा बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । जसमा हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो ।

विनाशकारी भूकम्पका कारण देशका उत्तरी भूभागमाको उचाइमा घटेको हुनसक्ने नापी विभागको अध्ययनले देखाएको देखाएपछि सगरमाथाको उचाइ का विषयमा पनि चर्चा चलेको थियो ।

नेपाल सरकार र चीन सरकारी टोलीद्वारा गरिएको छुट्टाछुट्टै मापनको प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमति जनाएको थियो ।

 

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन

छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार् ...

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic