तीन महिनामा अभिकर्ताले बुझे साढे तीन अर्ब कमिशन

  • मंसिर २६, २०७७
  • २,४०० पटक पढिएको
  • छाल खबर
alt

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणका आधारमा

छाल खवर
काठमाडौं,२६ मंसिर ः जीवन बीमा कम्पनीहरुको कमाई कति हुन्छ भन्ने कुराको प्रश्नले धेरैलाई उत्तर सोच्न वाध्य वनाएको छ । कसैले अनुमान नगरेको प्रमाण प्राप्त भएको छ ।

बीमा कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशनमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले यस अवधिमा ९६ करोड ८६ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पहिलो त्रैमासको अवधिसम्मा ५४ करोड ३२ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशनमा खर्चिएको छ ।

तेस्रोमा, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता पहिलो त्रैमासको अवधिसम्ममा २९ करोड ८० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ ।

त्यस्तै, यस अवधिसम्ममा यूनियन लाइफले अभिकर्ता कमिशन मार्फत २९ करोड रुपैयाँ, सूर्या लाइफले २२ करोड रुपैयाँ, सिटिजन लाइफले २१ करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले १९ करोड रुपैयाँ, प्राइम लाइफले १२ करोड रुपैयाँ, मेट लाइफले ११ करोड रुपैयाँ, सूर्या लाइफले ११ करोड २१ लाख रुपैयाँ, गराँस लाइफले १० करोड रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यसैगरी, आइएमई लाइफले १० करोड रुपैयाँ, ज्योति लाइफले ९ करोड रुपैयाँ, रिलायन्स लाइफले ९ करोड रुपैयाँ, रिलायबल लाइफले ७ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको रािष्ट्रय बीमा संस्थानले ७ करोड रुपैयाँ सन नेपाल लाइफले ७ करोड रुपैयाँ, सानिमा लाइफले ६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४ करोड रुपैयाँ, प्रभु लाइफले ४ करोड रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

इन्स्योरेन्स खवरबाट

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic