सभामुख भण्डारीद्धारा मूल कुलोको शिलान्यास

  • मंसिर ३०, २०७७
  • ५,६३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० मंसिर ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कृषि क्षेत्र अझै पनि परम्परागत तथा निर्वाहमुखी शैलीबाट माथी उठ्न नसकेको कारण अपेक्षा अनुरुप उपलब्धिहरु प्राप्त गर्न नसकेको बताउनु भएको छ ।

सोमबार धरान उपमहानगरपालिका वार्ड नं. ६ पानवारीमा शेरा सेउती मूल कुलोको शिलान्यास गर्नु हुदै सभामुख भण्डारीले सो कुरा बताउनु भएको हो ।

अहिलेको अवस्थामा कृषि क्षेत्रको महत्व अझ वृद्धि हुदै गएको उल्लेख गर्नु हुदै यस क्षेत्रको विकास र प्रविधीमा समेत रुपान्तरण गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने पनि बताउनु भयो ।

131372681_1144110049339831_2396991770995689182_n

उहाँले अब बन्ने कुलोले पानवारीको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग गर्ने पानवारीको कृषि उत्पादन वृद्धि गर्न उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

सभामुख भण्डारीले स्रोत साधनलाई अधिकतम जनताको पक्षमा उपयोग गरेर विकास निर्माण कार्य भइरहेको बताउदै यो योजना तोकिएकै अवधि भित्र सम्पन्न हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

कोरोना महामारीको संक्रमणबाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न कृषि क्षेत्रमा आधुनिक प्रविधिको उपयोग गर्दै उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

शेरा सेउती मूल कुलो निमार्ण उपभोक्ता समितिका अध्यक्ष शालिकराम बजगाँइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यलयका ईञ्जिनियर कुलदिप यादवले योजनाका बिषयमा जानकारी गराउनु भएको थियो ।

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, इनरुवाद्धारा निर्माण गर्न लागिएकोे शेरा सेउती मुल कुलो सिचाई योजनाबाट करिब चार सय विगाह क्षेत्रमा सिचाइँ सुविधा पुग्ने वडा अध्यक्ष भुवनसिंह बस्नेतले बताउनु भयो ।

भरतपुर चितवनको डाइनामिक कन्स्ट्रक्सन प्रा. लि.ले ठेक्का प्रक्रियाद्धारा निमार्ण अनुमति पाएको सो योजना २०७८ बैशाख २९ भित्र काम सम्पन्न गर्ने गरि २०७६ माघ २४ गते मूल्य अभिवृद्धि कर बाहेक ३ करोड ६१ लाख ९४ हजार ४ सय ३६ रुपैयामा सम्झौता भएको हो ।

योजना अन्तर्गत कुलोको लाइनिङ, ग्याबिन, रोड कल्भर्ट, फल स्ट्रक्सचर, डिभिजन बक्स र मुल कुलो तथा खोलामा तिन वटा स्परहरु निर्माण हुनेछ । कार्यक्रममा दिइएको जानकारी अनुसार मूल कुलो १५ सय मिटर लामो हुनेछ भने थप तिन वटा शाखा कुलो करिब दुई किलोमिटरको पनि निर्माण गरिने छ । वार्ड अध्यक्ष भुवनसिंह बस्नेतका अनुसार सेरा सेउती मुल कुलो सिचाई योजना अन्तर्गत उपभोक्ता समितिमार्फत पनि माटोको काम, लाइनिङ आदि योजनाका थप निर्माण कार्य हुनेछन् ।

उपभोक्ताहरुबाट २४ लाख २३ हजार १ सय बराबरको जनश्रमदान तथा सिचाई कार्यालयबाट उपलब्ध हुने ३५ लाख ४० हजार ६ सय २१ रुपैया सहित जम्मा ५८ लाख ३४ हजार ३६ रुपैया थप काम सम्पन्न गर्ने गरि सालिकराम बजगाईको अध्यक्षतामा सेरा सेउती मुल कुलो निर्माण उपभोक्ता समिति गठन गरिएको पनि अध्यक्ष बस्नेतले जानकारी गराउनु भयो ।

उक्त कामको लागि उपभोक्ता समितिसँग यही मंसिर २२ गते सम्झौता भएको तथा सम्झौता अनुसार २०७८ असार २१ गते काम सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेत, वडा नं १५ का अध्यक्ष नरेश इवारम, सिचाई डिभिजन कार्यालयका इञ्जिनियर गजेन्द खतिवडा, नेकपा प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत, जसपाका केन्द्रीय सदस्य पदम राई, नेकपा जिल्ला सदस्य फोक्वाहाङ्ग मेन्याङ्गवो चोत्लुंग, नेकपा जिल्ला सदस्य पदमा लिम्बु, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, सदस्यहरु राजमणी निरौला, पारस काङ्गवाङ्ग राई, नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ (क) का सभापति धनबहादुर कटवाल लगायत वार्डका जनप्रतिनिधीहरु तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic