परम्परागत शैलीका गरगहना विेदेश निर्यातको संभावना छ सभामुख भण्डारी

  • पुस ६, २०७७
  • २,४१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुष ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले पुराना ऐतिहासिक महत्व बोकेका तथा नेपाली परम्परागत शैलीका गरगहना निर्माण गरेर विदेशमा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ ।

सोमवार धरानमा आयोजित सुनसरी सुनचाँदी व्यवसायी संघको एक्काईसौं बार्षिकोत्सव एवंम् छैठौं साधारण सभालाई सम्बोधन गर्नु हुँदै सभामुख भण्डारीले व्यवसायीहरुका समस्याहरुको समाधान गर्दै यसलाई मर्यादित तथा व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गर्ने तर्फ राज्यले उपेक्षा गर्न नहुने कुरामा जोड दिनुभएको हो ।

2 3

सीपको उपयोग तथा प्रशिक्षणकोख व्यवस्था गरेर नयाँ दक्ष जनशक्ति उत्पादन गर्दै व्यवसायको प्रवद्र्धन गरेर रोजगारीको पर्याप्त अवसरहरु सिर्जना गर्न उत्पादनहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने अवस्था बनाउन सुनचाँदी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

संघका अध्यक्ष किशन मास्केको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मोहनकाजी शाक्य, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सभामुख भण्डारीले संघको नवनिर्मित कार्यालय भवनको उद्घाटन पनि गर्नु भएको थियो । धरान २ मा निर्मित दुई तल्ले कार्यालय भवन जग्गा सहित करिब ६५ लाखमा निर्माण भएको संघले जनाएको छ ।

साधारण सभामा भवन निर्माणका लागि सहयोग गर्नुहुने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभाले राजेश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा रोहन हाडा, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिव अमेश श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा विद्या शाक्य, मानबहादुर विश्वकर्मा दियाली, हिरा श्रेष्ठ, वसन्त राई, कुमार श्रेष्ठ र विजय श्रेष्ठ चुनिएका छन ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic