८ नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)

  • पुस १०, २०७७
  • २,११६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१० पुष ः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन्।

८ जना थपिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा, जुली कुमारी महतो, प्रेम आले र गणेश ठगुन्ना हुन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री नियुक्त भएकी छन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू

टोपबहादुर रायमाझी( उर्जा
मणि थापा( खानेपानी
प्रभु साह( शहरी विकास
प्रेम आले( वन
गणेश ठगुन्ना( सामान्य प्रशासन
गौरी शंकर चौधरी( श्रम
दावा लामा( युवा तथा खेलकुद
जुली कुमारी महतो( महिला बालबालिका
विमला विश्वकर्मा( उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल( पर्यटन ९मन्त्रालय हेरफेर०
हृदयेश त्रिपाठी( स्वास्थ्य ९मन्त्रालय हेरफेर०
लीलानाथ श्रेष्ठ( कानुन
शिवमाया तुम्बाहाङ्फे( भूमिसुधार
पद्मा अर्याल( कृषि
कृष्ण गोपाल श्रेष्ठ( शिक्षा
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic