अनियमितता गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ

  • पुस १४, २०७७
  • १,९८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१४ पुष ः कमसल सुन राखेर धेरै कर्जा प्रवाह गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ परेकाछन् ।

महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको आरोपमा तत्कालीन सुन जाँचकी पक्राउ परेका हुन ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पदमचन्द्र ज्ञवाली रहेकाछन् ।

ज्ञावलिजागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह गरेको पत्ता लागेको थियो ।

ज्ञवाली २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा कार्यरत रहेका थिए ।

सोही प्रकरण बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाले ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिएकाछन् ।

घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही समय अघि नेपाल वैंक लिमिटेड धरान शाखा र सेन्चुरी वैंकमा पनि सोही प्रकृतिको घटना भएको थियो । सो क्रममा कर्मचारीहरु कार्वाही भोगीरहेकाछन् ।

भारतिय पर्यटकलाई लक्षित गरी भेडेटारमा महोत्सव

छाल खवर धरान,१६ पुषः भारतीय पर्यटकलाई लक्षित गरी भेंडेटारमा अंग्रेजी वर्षको ...

चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामु ...

नेपाल पुलिस स्कुल (रातो) सिद्धार्थ सेकेण्डरी सेमि

छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सु ...

१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आ ...

नेपाल पुलिस स्कुल निलो र पिनाकल स्कुल क्वाटर फाइन

छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रन ...

सिद्धार्थ स्कुल र माउण्ट हर्मन क्वाटर फाइनल प्रवे

छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic