सडकबाटै संसद पुनस्थापित गराउँछौंः आचार्य

  • माघ १०, २०७७
  • २,३२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले सडकबाटै संसद पुनस्थापित गराएरै छाड्ने दावी गरेकाछन् ।

धरानमा प्रचण्ड(नेपाल समूहको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै आचार्यले सो दावी गरेका हुन् ।

आचार्यले जनताको बलिदानबाट स्थापित संविधानको रक्षाको लागि आफूहरु सडकमा आएको वताउदै वाहिर हल्ला गरे जस्तो कुर्सीका लागि नलडेको स्पष्ट पारेका थिए ।

nekapa4

‘उनले सडक आन्दोलनको वलमा संसद पुनस्थापित गराएरै छाने चेतावनि समेत दिएका थिए ।

जनघाति र अलोकतान्त्रिक कदम विरुद्ध आफूहरु डटेर लडने र सडकबाटै संविधानको रक्षा गरेरै छाडने उनले दावी समेत गरेका थिए ।

कार्यक्रममा नेकपाका १ नम्बर प्रदेशका सदस्य मुक्सामहाङ मेन्याङ्बोले संसद विघटन गरेर ओली सरकार भागेको आरोप लगाए ।

लाखौंलाख जनतामाथि विश्वासघात गरेको आरोप लगाउदै जनताले बनाएको संविधानलाई सरकारले निमोठेको उल्लेख गरेका थिए । उनले न्यायिक निकायले संसद पुनस्थापित गराउने दावी गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला सचिव रमेश बस्नेतले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउदै ‘संसद विघटन गर्ने अधिकार सरकारमा नरहेको स्पष्ट पारेका थिए ।

धरानस्थित पार्टी कार्यालय नजिक सिंहदेवी चोकबाट निस्किएको र्याली भानुचोकमा कोणसभामा परिणत भएको थियो ।

nekapa3 nekapa4 1 nekapa1

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic