मारवाडी महिला मञ्चद्धारा दुईधारेमा विश्रामालय र खानेपानी टयाङ्की निर्माण

  • माघ १६, २०७७
  • ३,८६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघ ः मारवाडी महिला मञ्च धरानले धरान–१४ स्थित दुइधारेमा विश्रामालय र खानेपानी टयाङ्की बनाइदिएको छ ।

मञ्चले १२ लाखको लगानीमा सो विश्रामालय र खानेपानी टयाङ्की बनाई दिएको हो ।

निर्माण समितिका संयोजक एवं समाजसेवी पितरुमल अग्रवालले मारवाडी महिलाकै पहलमा निर्माण कार्य भएको जानकारी दिए ।

विश्रामस्थल र टयाङ्कीको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गर्नुभएको थियो ।।
मञ्चकी कोषाध्यक्ष श्वेता अग्रवालका अनुसार मारवाडी समुदायका समाजसेवीहरुको सहयोगबाट निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा वोल्दै सभामुख भण्डारीले चुलो र चौकोमा सीमित रहेका मारवाडी समुदायका महिलाहरु सामाजिक कार्यमा एकजुट भएको देख्दा आफूलाई ज्यादै खुशी लागको वताउनुभयो ।

उहाले मारवाडी महिला मञ्चले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको वताउदै आफ्नो संस्कार, संस्कृतिलाई समेट्दै यस्तो प्रशंनीय र उत्साहजनक कार्य गर्नु खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।

उहाले अव हरेक क्षेत्रमा महिला सहभागिताको खाचो भएको अवस्थामा मञ्चले आफ्नो दर्विलो उपस्थिति जनाउदै वताउनुभयो ।

drn-4

त्यसैगरी कार्यक्रममा सम्वोधन गर्र्दै धरान उपमाहनगरपालिका मेयर तिलक राईले धरान नगरपालिका मारवाडी समुदाय र महिला मञ्चसँग सहकार्य गरेका काम गर्न तयार गरेको प्रतिवद्धता वनाउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला मञ्चकी निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठीले देशभरमा २७ वटा महिला मञ्चका शाखाहरु विस्तार र गठन गरेको र सामाजिक कार्यमा सकृय रहेको जानकारी दिनुभयो ।

पछिल्लो समय घुँघटोले छोपेर घरमा वस्ने मारवाडी महिलाहरु संस्कार संस्कृतिको जर्गेना गर्दै सामाजिक उत्तरदायित्व निभाउन तल्लिन रहेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा जग्गादाता एवं समाजसेवी टोमप्रसाद आचार्य र विश्रामस्थल र प्याउँ निर्माण संयोजक पितरुमल अग्रवाललाई कदर पत्रले सम्मान गरिएको थियो । भने सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै दुर्गा काफ्ले, सन्तोष अग्रवाल र लक्ष्मी कान्त बियानीलाई प्रशंसा पत्रबा सम्मान गरएिको थियो ।

144218865_1920691851440990_8889718018835147692_n

मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन युवा मञ्चका धरान अध्यक्ष सन्तोष अग्रवाल र कविता अग्रवालले गरेका थिए ।

मारवाडी महिला मञ्चले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी दिनहरुमा पनि कार्यक्रमहरुलाई निरन्तरता दिने मञ्चकी अध्यक्ष अनिता अटलले वताउनु भयो ।

drn-1 drn1-4 drn7-3 drn5-6 drn8-2 drn6-4

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic