धरान १६ नं वडा समितिद्धारा अतिविपन्न ३२ परिवारलाई रासन कार्ड वितरण

  • माघ १७, २०७७
  • ४,५८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ः वडा भित्रका अति विपन्न परिवारलाई १६ नं. वडा कार्यालय धरान १६ले राशन कार्ड वितरण गरेको छ ।

रोजगार नभएका र दुईछाक टार्नका लागि धौ धौ भएका ३२ परिवारलाई वडा समितिले राशन कार्ड वितरण गरेको हो ।

रासन कार्ड पाएकाहरुले निःशुल्क रुपमा खाद्यान्न प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो । 

44 1

वडाध्यक्ष गिरीका अनुसार रासन कार्ड वितरण गरिएका ३२ परिवारलाई संख्या हेरेर खान पुग्ने गरी खाद्यान्नय वितरणको व्यवस्था मिलाइएको छ ।

गिरीले २–३ जनासम्म भएका परिवार हुनेहरुलाई मासिक २५ केजी चामल दाल, नुन, खानेतेल एक÷एक केजीका दरले, एकजना मात्र भएकालाई चामल १५ केजी र दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइने जानकारी दिनभयो ।

वडाले २० परिवारलाई निःशुल्क ास्वास्थ्य बिमा समेत गरिएको वडाध्यक्ष गिरीले थप जानकारी दिनुभएको छ ।

यस्ता कार्यक्रमहरु लक्षित वर्गको कार्यक्रम अन्तर्गत छुट्टिने रकमबाट काम गरेकोले यो काम एक÷दुई बर्ष मात्र नभइ निरन्तर चलिरहने उहाले उल्लेख गर्नुभयो ।

रासन कार्ड प्राप्त गर्ने सबै काम गर्न नसक्ने र आम्दानीको कुनै स्रोत नभएकाहरु भएको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिले गरेको यो समाजका लागि अति उदाहरणीय भएको समेत बताउनुभयो ।

यसबाट थोरैमात्रामा भएपनि विपन्न वर्गका जनता प्रत्यक्ष लाभान्वित हुनेमा आफु विस्वस्त रहेको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधिले जनतासंग पत्यक्ष जोडिने कामलाई अगाडी वढाएको भन्दै सभामुख भण्डारीले प्रसंशा समेत गर्नुभयो ।
उहाले यस्तो उदाहरणीय कार्यको अनुशरण अन्य वडाले समेत गर्नुपर्नेमा जोडदिनुभयो ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने र सामाजिक सेवा समेत भएकोले वडाका जनप्रतिनिधीले समाजमा उदाहरणीय कार्य गरेको समेत उल्लेख गर्नुभयो ।

यस्तो कार्य धरानमा जनप्रतिनिधिले पहिलो पटक शुरुवात गरेका हुन् । यस्ता कार्यक्रमहरुले समाजमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकोले अन्य वडाले पनि गर्न जरुरी छ ।

अन्य वडाका जनप्रतिनिधिले पनि यस्ता कार्यलाई अनुशरण गर्ने हो भने विपन्न वर्गका जनतालाई केही मात्रामा भएपनि राहत पुग्ने थियो ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic