धरान १६ नं वडा समितिद्धारा अतिविपन्न ३२ परिवारलाई रासन कार्ड वितरण

  • माघ १७, २०७७
  • ४,६४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ः वडा भित्रका अति विपन्न परिवारलाई १६ नं. वडा कार्यालय धरान १६ले राशन कार्ड वितरण गरेको छ ।

रोजगार नभएका र दुईछाक टार्नका लागि धौ धौ भएका ३२ परिवारलाई वडा समितिले राशन कार्ड वितरण गरेको हो ।

रासन कार्ड पाएकाहरुले निःशुल्क रुपमा खाद्यान्न प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो । 

44 1

वडाध्यक्ष गिरीका अनुसार रासन कार्ड वितरण गरिएका ३२ परिवारलाई संख्या हेरेर खान पुग्ने गरी खाद्यान्नय वितरणको व्यवस्था मिलाइएको छ ।

गिरीले २–३ जनासम्म भएका परिवार हुनेहरुलाई मासिक २५ केजी चामल दाल, नुन, खानेतेल एक÷एक केजीका दरले, एकजना मात्र भएकालाई चामल १५ केजी र दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइने जानकारी दिनभयो ।

वडाले २० परिवारलाई निःशुल्क ास्वास्थ्य बिमा समेत गरिएको वडाध्यक्ष गिरीले थप जानकारी दिनुभएको छ ।

यस्ता कार्यक्रमहरु लक्षित वर्गको कार्यक्रम अन्तर्गत छुट्टिने रकमबाट काम गरेकोले यो काम एक÷दुई बर्ष मात्र नभइ निरन्तर चलिरहने उहाले उल्लेख गर्नुभयो ।

रासन कार्ड प्राप्त गर्ने सबै काम गर्न नसक्ने र आम्दानीको कुनै स्रोत नभएकाहरु भएको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिले गरेको यो समाजका लागि अति उदाहरणीय भएको समेत बताउनुभयो ।

यसबाट थोरैमात्रामा भएपनि विपन्न वर्गका जनता प्रत्यक्ष लाभान्वित हुनेमा आफु विस्वस्त रहेको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधिले जनतासंग पत्यक्ष जोडिने कामलाई अगाडी वढाएको भन्दै सभामुख भण्डारीले प्रसंशा समेत गर्नुभयो ।
उहाले यस्तो उदाहरणीय कार्यको अनुशरण अन्य वडाले समेत गर्नुपर्नेमा जोडदिनुभयो ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने र सामाजिक सेवा समेत भएकोले वडाका जनप्रतिनिधीले समाजमा उदाहरणीय कार्य गरेको समेत उल्लेख गर्नुभयो ।

यस्तो कार्य धरानमा जनप्रतिनिधिले पहिलो पटक शुरुवात गरेका हुन् । यस्ता कार्यक्रमहरुले समाजमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकोले अन्य वडाले पनि गर्न जरुरी छ ।

अन्य वडाका जनप्रतिनिधिले पनि यस्ता कार्यलाई अनुशरण गर्ने हो भने विपन्न वर्गका जनतालाई केही मात्रामा भएपनि राहत पुग्ने थियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic