संविधानमाथिको हस्तक्षेपलाई नागरीकले स्विकार्न सकिदैन नागरीक समाज

  • माघ १९, २०७७
  • ३,९२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१९ माघ ः धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको माथिको हस्तक्षेत्र कुनै हालतमा पनि स्विकार्य नहुने धारण व्यक्त गरेकाछन् ।

प्रेस संगठन नेपाल सुनसरीले आयोजना गरेको सुनसरी भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

2

कार्यक्रममा वोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले प्रतिनिधि सभा विघटन एउटा प्रतिनिधि घटना मात्र भएको वताउदै अव एकपछि अर्को गरेर मौलिक हक समेत प्रतिवन्ध लगाउदै प्रेश माथि नै अंकुश लाग्न सक्ने वताउनु भयो ।

त्यसैगरी जनजाति पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषि राईले संविधानको मौलिक हकको धारा खारेज गरी प्रेसमाथि अंकुश लगाउने प्रयत्न हुने संकेत आएको वताउनु भयो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले संविधान माथिको हस्तक्षेत्र विरुद्ध नागरीकहरु सडकमा उत्रनु पर्ने वताउनुभयो ।

3

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले संविधान माथिको हस्तक्षेत्र स्विकार्य नहुने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले यतिवेला प्रतिनिधि सभा विघटन भएको त हो नी के भो भनेर चुप लागेर वस्ने अवस्था नआएको वताउनुभयो ।

धरान नागरिक मञ्चका तर्फबाट डा. राजेन्द्र शर्माले यतिवेला नागरीकसंग दुइवटा विकल्प भएको उल्लेख गर्नुभयो । उहाले निरंकुशतालाई प्रश्रय दिने र त्यसको विरुद्धमा आन्दोलनमा उत्रिने एक मात्र विकल्प रहेको उल्लेख गर्नुभयो ।नागरीकलाई संविधान माथिको हस्तक्षेत्रका विरुद्धमा एकढिक्का हुन समेत आग्रह गर्नुभयो ।

प्रदेश सांसद सावित्री श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले एकलौटी अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटना गरेको आरोप लगाउदै संविधानको हस्तक्षेत्र विरुद्ध एकजुट हुन आग्रह समेत गर्नुभयो ।

final photo 22

नेकपाका सुनसरी जिल्ला सचिव रमेश बस्नेतले एउटा मान्छेको सनकले मुलुकलाई अघोगतिमा लान प्रमुख कारक भएको वताउनुभयो । ओलीको सनकले मुलुक दुर्घटनातर्फ अघि वढेको जिकिर गर्नुभयो ।

नेपाल प्रेस संगठनका प्रदेश अध्यक्ष राजन केडीले प्रधानमन्त्री केपी ओलीले जनताले वनाएको लोकतान्त्रिक संविधानको धज्जी उडाएको वताउदै अव अभिव्यक्ति स्वतन्त्र र प्रेस स्वतन्त्रतामाथि नै प्रतिवन्ध लगाउन षडयन्त्र भईरहेको आरोप लगाउनुभयो । 

नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का महासचिव विवेक गौतमले कोरोनाबाट आक्रान्त वनेको मुलुकलाई आर्थिक रुपमा प्रधानमन्त्री केपी ओलीले चुनावको नाटक गरेर आर्थिक रुपमा धराशायी वनाउनु खोजेको आरोप लगाउनु भयो ।

गौतमले असंवैधानिक आक्रमणले भोलि गएर स्वतन्त्रता प्रेसमाथि नै संकट आइपर्न सक्ने बताएका थिए ।

कार्यक्रमको सञ्चालन तारा लाम्गादेले गरेका थिए भने कार्यक्रमको सभापतित्व श्रीशिशा राईले गरेका थिए । कार्यक्रममा भोला श्रेष्ठले स्वागत मन्तव्य गरेका थिए ।

भेलाले ६ वुदे धरान घोषणा पत्र जारी गरेको छ ।

तस्विर  दिपक दुमि राई

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic