नेकपा संस्थापन पक्ष प्रचण्ड–माधवले भोली काठमाडौंमा विसाल जनप्रदशन गर्दै गाउ गाउबाट कार्यकर्ताहरु सहभागीहुदै

  • माघ २७, २०७७
  • २,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२७ माघ ः नेकपाको प्रचण्ड–माधव पक्षले जनप्रदर्शनको तयारी लाई तीब्र बनाएकाछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको संस्थापन पक्ष प्रचण्ड माधव पक्षले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन गर्ने कार्यक्रमलाई तिव्र वनाएको हो ।

प्रर्दशन माघ २८ गतेको सभा प्रदर्शनी मार्गमा गरीने तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएकाछन् ।

उनका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ ।

सहसंयोजक भट्टराईले जनसभालाई व्यापक बनाइने दाबी गरे। मुख्य रूपमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता हुने उक्त सभामा देशका अन्य क्षेत्रबाट पनि अगुवा कार्यकर्ता सहभागी हुने उनले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंको नारायणहिटी संग्राहलय अगाडि सभा गरेको थियो।

ओलीको भन्दा दोव्वर जनसहभागिता गराउने तयारी दाहाल नेपालले गरेकाछन् ।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic