धरानको नगर परिषद अन्यौलमा

  • फागुन ९, २०७७
  • २,११५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुन ः धरानको खानेपानी समस्या समाधान नभएसम्म नगर परिषद गर्न नदिने केही वडाध्यक्षको अडानका कारण धरानको नगर परिषद वैठक अन्यौलमा परेको छ ।

आइतवार वसेको कार्यपालिका वैठकमा अध्यक्षले वैठक शुरु गरे लगत्तै वडाध्यक्षहरुले धरानमा खानेपानी समस्या वढेकोले समस्या समाधानको भरपर्दो अवस्था नआएसम्म नगर परिषद गर्न नदिने अडान लिएपछि नगर परिषद अन्यौलमा परेको हो ।

वडा नं ९ का वडाध्यक्ष रत्न बहादुर कट्वालले खानेपानी संस्थानले खानेपानी पयाप्त मात्रामा विक्ति गर्न नसक्ने जानकारी गराएकोले संस्थानलाई खानेपानी वोर्डमा ल्याउने निर्णय नभएसम्म नगर परिषद हुन नदिने बताएपछि परिषद अन्यौलमा परेको हो ।

वडाध्यक्ष कट्वालले वोर्डमा पनि नल्याउने र संस्थानले पनि पानि वितरणमा समस्या देखाउने गरेकोले संस्थानको विषयमा निर्णय नभएसम्म नगर परिषद हुन नदिने दावी गरेकाछन् ।

उनले जसरी पनि संस्थानलाई वोर्डमा ल्याउनु पर्नेमा अडान लिएकाछन् । खानेपानी वोर्डको अध्यक्ष नगरप्रमुख रहने व्यवस्था रहेको छ । वोर्ड अध्यक्ष तथा नगरप्रमुखले तत्काल संस्थानको विषयमा निर्णय गरेर धराने जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्नुपर्नेमा वडाध्यक्ष कट्वालको माग गरेको छ ।

नगर परिषदको तयारीका लागि कार्यपालिका वैठक आइतवार वोलाईको थियो ।तर वैठकमा वडाध्यक्षहरुले संस्थानको विषयमा पहिला निर्णय हुनुपर्ने अनि मात्र नगर परिषद हुनुपर्ने अडान लिएपछि परिषदको विषय अन्यौल भई सकिएको वुझिएको छ ।

अन्य वडाका केही वडाध्यक्षहरुले पनि संस्थानको विषयमा टुंगो लगाएपछि मात्र नगरपरिषद हुनुपर्नेमा जोडदिएको वताइएको छ ।

यता नगर प्रमुख तिलक राईले भने नगर परिषद पूर्व निर्धारित कार्यक्रम रहेको र परिषद हुने वताए । उनले परिषद स्थागित नभएको दावी गरेकाछन् ।

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic