धरान उपमहानगरको नगर सभा स्थगित

  • फागुन १०, २०७७
  • २,१५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ःखानेपानीको समस्या समाधान भएपछि मात्र नगर परिषद हुनुपर्ने माग वडाध्यक्षहरुले गरेपछि धरानको आठौ नगर परिषद उद्घाटन गरेपछि फागुन २१ गतेसम्मका लागि स्थगित भएको छ ।

निर्धारित समय भन्दा करिव तीन घण्टापछि शुरु भएपनि औपचारीक कार्यक्रम पश्चात फागुन २१ फेरी बस्ने गरी स्थगित भएको हो ।

खानेपानी संस्थानले हिजो मात्र विज्ञप्ति प्रकाशन गरी खानेपानी वितरण सहज रुपमा गर्न नसक्ने जनाएपछि नगर सभा अगावै संस्थानलाई खानेपानी वोर्डमा ल्याउनु पर्ने माग सहित केही वडाध्क्ष र अन्य जनप्रतिनिधिले नाराबाजी समेत गरेका थिए ।

खानेपानी वोर्डका अध्यक्ष समेत रहेका धरानका नगरप्रमुख तिलक राईले फागुन २१ गते अगावै संस्थानलाई वोर्डमा ल्याउने र खानेपानी समस्यालाई सहज वनाउने लिखित प्रतिवद्धता जनाएपछि नगर परिषद शुरु भएको थियो ।

मेयर राईले फागुन २१ गते भन्दा अघि नै खानेपानी संस्थान बोर्डमा गाभ्ने र पानी एकद्धार प्रणालीबाट सहजरुपमा वितरण गर्ने प्रतिबद्धता जनाएकाछन् ।

नगर सभाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीप भण्डारीले गरेका थिए । सभामुख भण्डारीले सम्बोधन गरेपछि नगर सभा फागुन २१ गतेसम्मको लागि स्थगित भएको हो ।

नगर परिषद फागुन २१ गते वस्ने भएको छ । फागुन २१ अगाडी समस्या समाधान नभए सो दिन पनि परिषद हुन नदिने वडा नं १६ का वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिएकाछन् ।

उनले लिखित प्रतिवद्धत कार्यान्वयन भएन भने हामी फेरी पनि परिषद हुन दिदैनौं ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic