महान्यायाधिवक्ता खरेलको राजीनामा

  • फागुन ११, २०७७
  • ८६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुन ः प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ ।

केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत गरिएको छैन ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालती र सरकारको कानुनी सेटिङका निम्ति कम वरियताको पद महान्यायाधिवक्तामा लगिएको तर त्यस अनुरूप काम गर्न नसकेकोमा अहिले ओली पक्षले उनको हुर्मत लिन खोजेका छन ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले प्रधानमन्त्रीको निर्देश अनुसार काम गर्न नसकेको भन्दै ओली पक्षका व्यक्तिहरूबाट खरेलको आलोचना हुँदै आएको र आफ्नो अन्तरआत्मको आवाजको दबाबका कारण उनले राजीनामा दिएको खरेल निकटको भनाइ रहेको छ ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले दर्शाएको थियो ।

झिल्को डटकमबाट

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic