धरानको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

  • फागुन २५, २०७७
  • ४,९९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ फागुन ः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि धरानमा पुनः साविक एमालेको पार्टी कार्यालयमा बोर्ड स्थापना भएको छ।

पुरानो नेकपा एमालेको पार्टी कार्यालयबाट सुचारु हुँदै आएको नेकपाको कार्यालयलाई एमालेको नयाँ कार्यालय बनाइएको हो।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्वको नेकपा खारेज गरेपछि धमाधम एमाले कार्यालय स्थापना र साइन वोर्ड स्थापना गर्ने अभियान शुरु भएको हो ।

सर्वोच्च अदालतले साबिक नेकपा एमाले कायम रहेको फैसला गरीदिएपछि धरानमा पार्टी कार्यालयमा नयाँ बोर्ड राखिएको हो ।

अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएपछि दुवै पक्षले आफ्नो पार्टीको संरचना निर्माणमा जुटन थालेकाछन् ।

एमालेले साविकको पार्टी कार्यालयमा आफ्नो साइनवोर्ड राख्ने अभियानलाई निरन्तरता दिन थालेको छ ।

अदालतको फैसलापछि विगतका घटनाक्रमलाई समिक्षा गरी आफ्नो पार्टीको सांगठनिक संरचनालाई मजवुत वनाउदै लाने वताउदै आएकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic