एकल महिला र जेष्ठ नागरीक र विपन्नलाई चामल वितरण

  • फागुन २५, २०७७
  • २,९२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ फागुन धरान–५ ठिङ्गाबारी,देउराली र देवीगाउँका एकल महिला, जेष्ठ नागरिक तथा निम्न आय भएका १५ घरधुरीलाई चामल वितरण गरीएको छ ।

१११ औं विश्व श्रमिक महिला दिवस २०२१ को अवसरमा १ सय ७५ केजी चामल वितरण गरिएको आयोजकले जनाएको छ ।

विश्व शान्ति महिला संघ, नेपाल सुनसरी शाखाले निम्न आय भएका परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

आयोजक संस्थाकी सुनसरी अध्यक्ष सीता सुब्बा खापुङका अनुसार उक्त सहयोग आइ आर एफ एफ जर्मनले उपलब्ध गराएको हो ।

2 fin

सो कार्यक्रममा धरान–५ की वडा सदस्य शान्ति देवी राई प्रमुख अतिथि रहेकी थिइन भने वडा सदस्य हेमकुमारी विश्वकर्मा विशेष अतिथि रहेकि थिइन । विश्वकर्माले मानव सेवाका लागी अत्यन्तै राम्रो काम गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

उक्त कार्यक्रममा युपीएफ सुनसरीका संयोजक मोहन श्रेष्ठ,विस्व शान्ति तथा एकीकृत परिवार संघ सुनसरी संयोजक रामबहादुर लिम्बू, स्थानीय अग्रज व्यक्तित्व सुकबहादुर लिम्बू, वडा सचिव राम पौडेल, तिलिङ्ग कृषि फार्मका संचालक तथा युवा व्यवसायी दिनेश तिलिङ्ग,शान्तिदुत पुस्कर थापा र यु.एन. स्कुल कि शिक्षिका सुमी शंकर लगायतले खाद्यान्न हस्तान्तरण गरेका थिए ।

3   fin

सो अवसरमा इटहरी क्लिनका सरसफाइ अभियन्ता पुस्कर थापाले वडालाई हरियाली बनाउन अशोक बाटिका, कपुर, स्वामी प्रजाति लगायतका विरुवा वितरण गरेका थिए ।

4

धरान ५ नं.वडा कार्यालयमा भएको उक्त कार्यक्रम संघको सुनसरी अध्यक्ष सिता सुब्बा खापुङ्गको अध्यक्षतामा भएको थियो ।

5

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हेम कुमारी बिस्वकर्माले गरेकीथिइन । कार्यक्रम कोषअध्यक्ष बालकुमारी कार्कीले संचालन गरेकी थिइन।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic