एमालेको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट

  • फागुन २५, २०७७
  • ३,१९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ फागुन ः सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरेपछि दुइ कम्युनिष्ट पार्टी अलग अलग रुपमा पार्टी सञ्चालनको तयारीमा लागेकाछन् ।

अदालतले साविक कै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने तयारीमा लागेका हुन् ।

uml sunsari 2

सुनसरीमा इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट भएको छ । हाल नेकपाको पार्टी कार्यालय रहेको कार्यालय नेकपा एमालेको पार्टी कार्यालयको रुपमा सञ्चालनमा रहेको थियो ।

अदालतको फैसला अनुसार नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेतले जानकारी दिएकाछन् ।

158310953_1755932141242171_1532120747707133248_n

बस्नेतका अनुसार अव माओवादी केन्द्रले पार्टी कार्यालय आफै व्यवस्थापन गनुपर्नेछ । नेकपाको पार्टी कार्यालय एमालेकै भएकोले अबदेखि नेकपा एमालेको पार्टी कार्यालय त्यहीबाट सञ्चालन हुने उनको भनाई रहेको छ ।

नेकपाका सुनसरी अध्यक्ष पप्पु मण्डलले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेक्रममा माओवादी केन्द्रले पुर्व एमालेको पार्टी कार्यालय छोडेर आफ्नै पार्टी कार्यालय जाने निर्णय गरिएको जानकारी दिएकाछन् ।

प्रचण्ड माधव पक्षको स्थायी कमिटीको सोमवार बसेको बैठकले सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र अलग अलग रहने निर्णय गरेको थियो ।

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic