एकिकरण अघिको जिम्मेवारी नै एमालेमा यथावत हुन्छ– सुनसरी अध्यक्ष रमेश बस्नेत

  • फागुन २७, २०७७
  • ४,८०६ पटक पढिएको
  • छाल खबर
alt

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते दुई पार्टीलाई अलग हुने फैसला गरेपछि एमालेमा आन्तरीक नेतृत्व विवादका विषयमा नेकपाएमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतसँग गरीएको कुराकानी ः

सर्वोच्च अदालतलको फागुन २३ गतको फैसलापछि अव मुलुकको राजनीतिक अवस्था कतातीर गयो ?

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को वीचमा एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टीै (नेकपा) वनेको थियो । तर नेकपाका अध्यक्ष ऋषिराज कट्टेल आफ्नो भएको दावी सहित सर्वोच्च अदालतमा जानु भएको थियो । फागुन २३ गते सर्वोच्च अदालतले नेकप ऋषिराज कट्टेलको कायम गरी दुइ पार्टी अलग अलग हुने फैसला गरेपछि पार्टी आ– आफ्नो कायम ग¥यो त्यसपछि साविक एमाले र माओवादी केन्द्र अलग भएर पार्टी संगठन निर्माणमा लागेकाछन् । दुवै पार्टी निर्माण अभियानमा छन् । मुलुक आफ्नै गतिमा अघि वढीरहेको छ ।

पार्टी एउटै भएपनि समुहको विवाद कायम  नै छ नी ?

आन्तरीक संघर्ष जहापनि हुन्छ यो स्वभाविक प्रकृया हो । तर पार्टीको अहित हुने कुराको विवाद छैन । पार्टी र संगठन निर्माणमा हामी भावनात्मक रुपमा एक ढिक्का भएर लागी रहेका छौं लाग्नेछौ । हामी संगठन निर्माणमा कहिल्यै थाक्दैनौं । विवाद हुदैन पार्टी निर्माणको खातिर हामी एक भएर अघि वढछौं ।

तपाईले एकताको कुरा गरीरहदा सुनसरीमा साइनवोर्ड राख्ने नै विवाद देखियो नी खास के हो ?

साथीहरुको वीचमा केही असझदारी पैदा भएछ । हामीले राखेको पार्टी कार्यालयको बोर्डलाई केही साथीहरुले हटाएर पार्टी अध्यक्षको फोटो राखेर बनाएको वोर्ड राख्नु भएको रहेछ । कम्युनिष्ट पार्टीको साइनवोर्डमा विश्वमा कहिपनि अध्यक्षको फोटो राखेर बनाउने प्रचलन रहेको छैन । केन्द्रीय कमिटीले निर्माण गरेको एमालेको साइनवोर्डमा पनि अध्यक्षको फोटो राखीएको छैन् । अध्यक्षको फोटो नभएकोले हटाएको हो भने त्यो गलत हो । पार्टी अध्यक्ष भनेको पार्टीको नेतृत्व हो । अध्यक्ष पदको सम्मान सवैले गर्नुपर्दछ । तर व्यक्ति पुजा गर्ने र देवत्वकरण गर्ने परम्पराको विकास गर्नु हुदैन । अध्यक्ष हामी सवैको नेता हो । कसैको एउटा समुहको हैन । सर्वोच्च अदालतले पार्टी अलग हुने फैसला गरेपछि हामी सवैले महाधिवेशनबाट निर्वाचित गराएको नेता जो भएपनि हामीले स्विकार गरेर गएकै हो । त्यसलाई हामीले आत्मसात गरे कै छौ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई हामीले नेता मानेकै हो । हामीले मानेका छौं । हामीले विधिलाई मानेर जाने हो विधि जे हो त्यो मानेका छौं ।

सुनसरीमा अव नेकपा एमालेको नेतृत्व कसले गर्छ ?

व्यक्ति को भन्ने कुरा गौण कुरा हो । विधि के छ भन्ने कुरा प्रमुख कुरा हो । २०७५ जेठ ३ गते अघिको अवस्था (दुई पार्टी एकिकरण) मा एमाले जस्तो अवस्थामा थियो जुन ठाउमा जस्को जिम्मेवारी जे थियो जो जुन कमिटीमा थियो सोही अनुसार हुनेछ । हाम्रो पार्टी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारीत छ । विधिले जे भनेको छ त्यहि हुन्छ यो विचमा को के भयो भन्ने कुरा सर्वोच्चले चिनेन । २०७५ जेठ ३ गते भन्दा अगाडी एमाले पार्टीमा जसको जे जिम्मेवारी थियो सोही अनुसार हुने भनि सकेकोले अव के हुन्छ भन्ने प्रश्न छैन । पहिला जो जुन जिम्मेवारी र भूमिका हुनुहुन्थ्यो सोही अनुसार हुन्छ । यो विषयमा कोही पनि दुविधा हुनु हुदैन । यो विषय प्रष्ट भएकोले कोहीपनि कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह पनि गर्दछु ।

भनेपछि अव सुनसरीको अध्यक्ष तपाई हो ?

सर्वोचको फैसलाले गरेको छ सोही अनुसार हुन्छ २०७५ जेठ ३ भन्दा अगाडी नै समिति नै यथावत भनेकोले २०७५ जेठ ३ भन्दा अगाडीसम्म अध्यक्ष रहेकोले अवको सुनसरीको अध्यक्ष म नै हो । यसमा कुनै दुविधामा पर्नु हुदैन । सुनसरीमा मात्र नभएर फैसला अनुसार मुलुकभर नै सोही अनुसार नै जिम्मेवारी रहन्छ ।

अव सुनसरीमा एमालेको संगठन कसरी अघि बढछ ?

हामी सर्वोच्चको फैसलापछि नेकपा एमालेलाई सांगठनिक र जनपरिचालनको हिसावले पनि वलियो वनाउन लागि रहेकाछौं । हामीले जिल्लाभरीका साथीहरुलाई भौतिक रुपमा मात्र एक भएर नभई भावनात्मक रुपमा पनि एक भएर नेकपाएमालेलाई विगतको भन्दा अझ बलियो वनाउने लक्ष्य र उदेश्यका साथ जोग जागर लिएर जनता माझ जानेछौ. । सुनसरी जिल्लामा मात्र नभएर देशव्यापी रुपमा एमालेलाई ठूलो र बलियो पार्टी बनाउने अठोटका साथ हामी अघि वढछौं । त्यसमा देशभरका हाम्रा नेता कार्यकर्ता जोश र उत्साहका साथ लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

आन्तरीक विवाद र गुटमा नै अल्मलिरहेको छ नी एमाले त ?

२०७५ जेठ ३ भन्दा पछि दुइ कम्युनिष्ट पार्टी एकिकरण भएपछि संगठन एकिकरणमा समय खर्च भईरहेको थियो । त्यस समयमा सवै संगठन निर्माणमा प्रकृया मिलाउदै जानुपर्ने भएकोले केही ढिला भएको थियो । अव पार्टी अलग भएपछि अव एमालेले एक्लै संगठनमा जानु पर्ने भएकोले अव एमाले कतिपनि विलम्व नगरी अघि वढछ । पार्टी निर्माणमा एकढिक्का भएर हामी लाग्नेछ । रह्यो कुरा आन्तरीक विवादको पार्टी भित्र अन्तर संघर्ष हुनु स्वाभाविक हो । हामी मिहिन ढंगले बहस छलफल गरी पार्टीलाई मजवुत बनाउन लाग्नेछौ. ।अव एमाले पार्टी निर्माण अभियानमा रतिभर अल्मलिदैन । बरु कसले वढी पार्टीलाई योगदान दिने भनेर होडवाजीमा लाग्नेछ । पार्टी निर्माणमा हाम्रा नेता कार्यकर्ता अहोरात्र खटीनेछन् । यसमा कुनै दुविधा छैन् 

अन्त्यमा के भन्नु हुन्छ ?

यो अवस्थामा विचलित नभई जोश जागर र उत्साहका साथ पार्टी र संगठन निर्माणमा लाग्न सुनसरी भरीका आम कार्यकर्ताहरुलाई अपिल गर्दछु ।

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

यातायात व्यवसायीद्वारा यातायात बन्द

छाल खवर धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन य ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic