माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी

  • फागुन २९, २०७७
  • ७,०३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ फागुन ःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई पद विहिन बनाउने गरी कमिटी विस्तार गरेपछि माधव नेपाल पक्षले समानात्तर कमिटी विस्तार गरेको छ ।

अध्यक्ष ओलीमा आफूहरुलाई पेलानमा खोजेकोले बाध्य भएर त्यसलाई काउण्टर दिनको लागि समानान्तर कमिटी विस्तार गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को संयोजनको जिम्मा घनश्याम भुसाललाई दिएको छ ।

त्यसैगरी प्रदेश ३ को संयोजनको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ भने प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई प्रदान गरेको छ ।

प्रदेश ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको पाटीले जनाएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

सवै जनवर्गीय संगठनहरु समेत कमिटी गठन गर्दै लगिने पार्टीले जनाएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic