ओली र नेपालबीचको भेटवार्ता सम्पन्न २८ गतेको निर्णय सच्चाउन नेपाल पक्षको अडानमा

  • चैत २, २०७७
  • १,५३१ पटक पढिएको
  • छाल खबर
alt

धरान,२ चैत ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ ।

ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए ।

२८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान राखेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको उनको भनाई रहेको छ ।

नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेका थिए । उक्त निर्णय सच्याउनुपर्ने नेपाल पक्षको अडान रहेको छ ।

यस्तै नेता पन्तले अदालतले सबैलाई एकै ठाउँमा ल्याइदिएकाले एमालेलाई एकताबद्ध बनाएर सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताए । दुबै पक्षले आआफ्नो अडान राखेको भन्दै छलफल जारी रहने पनि नेता पन्तको भनाइ छ ।

तल्लो तहका स्थानीय नेताहरुले भने दुवै पक्षले मिहिन ढंगले समिक्षा गरेर पार्टीलाई एकढिक्का बनाएर लानुपर्ने माग गर्दै आएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic