बलात्कारको आरोप लगाएर पुरुष फसाउन खोज्ने सुर्खेतकी महिलालाई साढे ३ वर्ष जेल

  • चैत ३, २०७७
  • २,३६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
सुर्खेत ,३ चैत ः आफूलाई एक सरकारी जाँगीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई तीन साढे तीन वर्ष कैद सजाय सुनाइएको छ ।

वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो ।

सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए ।

स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा दिएको उजुरी र बयानका क्रममा पनि आफूमाथि बलात्कार भएको भन्दै आएकी महिलाले एक्कासी अदालतमा बयान फेरेपछि आरोपित लेखापाल शर्मा निर्दोष सावित भएका थिए ।

बयान फेरिएपछि ती महिलाको झुटो बयानलाई आधार मान्दै लेखापाल शर्माको मान हानीसमेत भएको अदालतले ठहर गरेको छ । ती महिलालाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि अदालतले प्रहरीलाई पत्राचार गरेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic