बलात्कारको आरोप लगाएर पुरुष फसाउन खोज्ने सुर्खेतकी महिलालाई साढे ३ वर्ष जेल

  • चैत ३, २०७७
  • २,४१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
सुर्खेत ,३ चैत ः आफूलाई एक सरकारी जाँगीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई तीन साढे तीन वर्ष कैद सजाय सुनाइएको छ ।

वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो ।

सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए ।

स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा दिएको उजुरी र बयानका क्रममा पनि आफूमाथि बलात्कार भएको भन्दै आएकी महिलाले एक्कासी अदालतमा बयान फेरेपछि आरोपित लेखापाल शर्मा निर्दोष सावित भएका थिए ।

बयान फेरिएपछि ती महिलाको झुटो बयानलाई आधार मान्दै लेखापाल शर्माको मान हानीसमेत भएको अदालतले ठहर गरेको छ । ती महिलालाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि अदालतले प्रहरीलाई पत्राचार गरेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic