तामाङ घेदुङ दुहवीमा योञ्जन

  • चैत ७, २०७७
  • ३,७६३ पटक पढिएको
  • छाल खबर
alt

दुहवी, ६ चैत्रः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएकाछन् । ।

नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

162255997_226837265854355_8015571521985350645_n

भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए ।

भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसिङ, करेन्द्र कुमार लामा(ब्लोन), पेमा लामा(घिसिङ), मेलिना मोक्तान र राजकुमार मोक्तानलाई चयन गरेको छ ।

त्यसैगरी सल्लाहकारमा कृष्णकुमार योञ्जन र अमृत लामा योञ्जनलाई चयन गरेको छ ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई प्रमुख अतिथि गोलेले नेपाल तामाङ घेदुङको विधान, २०१३ बमोजिम सपथ ग्रहण गराएका थिए ।

नवगठित कार्यसमितिलाई घेदुङको विधान, झण्डा, बैठक पुस्तिका लगायतका आवश्यक सामाग्री समेत प्रदान गरिएको छ ।
नेपाल तामाङ घेदुङको केन्द्रीय महाधिवेशन यही चैत्र २७ देखि २९ सम्म काठमाण्डौंमा हुंदैछ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic