प्रेस चौतारी सुनसरीले श्रमजिवी पत्रकारलाई महासंघको निर्वाचनमा उठाउने

  • चैत ९, २०७७
  • २,३४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ चैतः नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुनसरीले जिल्ला भित्रका सवै संघ संगठनहरुसंग गठवन्धन गरेर निर्वाचन लडने निर्णय गरेको हो ।

पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो ।

आइतवार धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयन समेत गरेको छ ।

संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ ।

सह संयोजकमा योगेशवाबु काफ्ले र सहसचिवमा पप्पु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिएकाछन् ।

कमिटीलाई पूर्णता दिदैं ३२ सदस्यीय समिटी बनेको सचिव राईले जानकारी दिए । संगठनमा निष्कृय रहेकाहरुलाई विदाई गरेर नयाँ थपिएको हो ।

बैठकले संगठनका अग्रजहरु रहेको पत्रकार महासं।घ निर्वाचन तयारी तथा अन्य संगठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिए ।

समितिले पत्रकार महासंघमा संगठनको उपस्थिति र अन्य संगठनहरुसँग सहकार्यका लागि भूमिका निर्वाय गदैं श्रमजिवी पत्रकाहरुको हकहितका मुद्धा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक बास्तोलाले जानकारी दिए ।

बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरालायलगायतको उपस्थिति रहेको थियो ।

यसै विच संगठनले विज्ञप्ति जारी गरि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रुपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ ।

प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चारसम्बद्ध संघ संगठनसँग निरन्तर सम्वाद र छलफलमा जुटिरहेको जनाएको छ ।

संगठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरि जिल्लाभरका सञ्चारकर्मीहरुलाई भ्रममा नपर्न अपिल समेत गरिएको छ ।
संगठन विस्तार अभियानलाई पनि तिव्र वनाउने समेत निर्णय गरेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic