प्रेस चौतारी सुनसरीले श्रमजिवी पत्रकारलाई महासंघको निर्वाचनमा उठाउने

  • चैत ९, २०७७
  • २,२८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ चैतः नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुनसरीले जिल्ला भित्रका सवै संघ संगठनहरुसंग गठवन्धन गरेर निर्वाचन लडने निर्णय गरेको हो ।

पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो ।

आइतवार धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयन समेत गरेको छ ।

संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ ।

सह संयोजकमा योगेशवाबु काफ्ले र सहसचिवमा पप्पु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिएकाछन् ।

कमिटीलाई पूर्णता दिदैं ३२ सदस्यीय समिटी बनेको सचिव राईले जानकारी दिए । संगठनमा निष्कृय रहेकाहरुलाई विदाई गरेर नयाँ थपिएको हो ।

बैठकले संगठनका अग्रजहरु रहेको पत्रकार महासं।घ निर्वाचन तयारी तथा अन्य संगठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिए ।

समितिले पत्रकार महासंघमा संगठनको उपस्थिति र अन्य संगठनहरुसँग सहकार्यका लागि भूमिका निर्वाय गदैं श्रमजिवी पत्रकाहरुको हकहितका मुद्धा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक बास्तोलाले जानकारी दिए ।

बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरालायलगायतको उपस्थिति रहेको थियो ।

यसै विच संगठनले विज्ञप्ति जारी गरि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रुपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ ।

प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चारसम्बद्ध संघ संगठनसँग निरन्तर सम्वाद र छलफलमा जुटिरहेको जनाएको छ ।

संगठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरि जिल्लाभरका सञ्चारकर्मीहरुलाई भ्रममा नपर्न अपिल समेत गरिएको छ ।
संगठन विस्तार अभियानलाई पनि तिव्र वनाउने समेत निर्णय गरेको छ ।

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic