भोजपुर सदरमुकाममै बढ्न थाल्यो खानेपानी समस्या

  • चैत १०, २०७७
  • ३,६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
भोजपुर,१० चैत ः सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ ।

नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो ।

पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ ।

करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ ।

दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खानेपानी वितरण गरिरहेको जनाएको छ ।

पानी कम भएपछि खानेपानी वितरणमा समय तालिका तोकिएको छ । खानेपानी जोहोका लागि दैनिक सर्वसाधरणहरुको सार्वजनिक धारा, पानीका मुहानमा घुँईचो लाग्ने गर्छ ।

खाना पकाउने पानी समेत पर्याप्त नहुँदा अन्य प्रयोजनका लागि पानी अपुग हुने स्थानीय तारा चौहानले सुनाईन् । विहान सबेरै स्थानीय जनसेवा धाराबाट लामो पालो कुरेर खानेपानी ल्याउनुपरेको उनले समस्या सुनाईन् ।

सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले वितरण गर्ने पानी कम भएपछि बजारबासीलाई एकपटकको खानेपानीले दुईदिन जोहो गर्नुपर्ने बाध्यता छ ।

खानेपानीका लागि घण्टौ आलोपालो गर्नुपर्ने सास्ती छ । ‘अहिले एकचोटी आएको पानीले दुईदिन थेग्नै गाह्रो हुन्छ, खानेपानी जोहो गर्न घरबाहिर धाउनुपर्छ’ अर्का स्थानीय बिना मगरले सुनाईन्, ‘खानेपानी आउने आश वर्षौदेखिको हो, जब हिउँद लाग्छ समस्या सुरु हुन्छ, दुईदिन जोहो गरेको खानेपानी सिद्दिने पिरलो पर्छ, खै कहिले आउने हो पानी’करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ ।

दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खानेपानी वितरण गरिरहेको जनाएको छ ।समितिका अध्यक्ष प्रविण सुवालले ‘मुहानबाटै खानेपानी कम आएकाले पर्याप्त पानी वितरण गर्न नसकेको वताए ।

उनले नयाँ आयोजनाको काम पनि अन्तिम चरणमा रहेको र चैत दोश्रो हप्तासम्म समस्या समाधान होला भन्ने आशा रहेको वताएकाछन ।

सदरमुकाम र आसपासका क्षेत्रको खानेपानी संकट समाधान गर्न नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषबाट २५ प्रतिशत र स्थानीय उपभोक्ताबाट ५ प्रतिशत गरि कुल कुल ४९ करोड ७८ लाख ९८ हजार लागतमा निर्माणाधिन तिनभंगाले खानेपानी आयोजनाको काम अन्तिम चरण पुगेको छ ।

उक्त आयोजनाबाट भोजपुर सदरमुकाम, सिद्देश्वर, गुप्तेश्वर, बोखिम र टक्सारका करिब २ हजार दुईसय ८० घरधुरी लाभान्वित हुनेछन् ।

निमार्ण स्थलबाट करिब ४० किलोमिटर प्रशारण लाईन र ७६ किलोमिटर वितरण लाईन गरी एकसय १६ किलोमिटर लामो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न हुने फिल्ड इन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए ।

स्रोत सिलिचुङ अनलाईनबाट

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic