माधव नेपाल बाहेकको एमालेको कल्पना गरेको छैन – शंकर पोखरेल ‘विगत घटनाका आधारमा पार्टीले कसैलाई दण्डित गर्दैन ।  गल्ती चाहिं महशुस हुनुपर्छ ।’

  • चैत १०, २०७७
  • २,६४० पटक पढिएको
  • छाल खबर
alt

१० चैत, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको मात्र उपस्थितिमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि स्पष्टीकरणको पत्र काटेका छन् , तीन दिनभित्र जवाफ नदिए विधान नियमावलीबमोजिम कारबाही गर्ने चेतावनी दिइएको

यसले एमाले एक रहन्छ भन्ने प्रश्न उठेको तर स्थायी कमिटी सदस्य शंकर पोखरेल भने माधव नेपालबाहेकको एमाले कल्पना नगरेको बताउँछन् उनले भनेका छन्, ‘विगत घटनाका आधारमा पार्टीले कसैलाई दण्डित गर्दैन रियलाइजेसन चाहिं हुनुपर्छ

तर माधव नेपालहरूले सके एमाले कब्जा गर्नुहुन्छ, नभए विद्रोह गरेर आउनुहुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिलाई बल पुग्ने गरी समानान्तर गतिविधि गरेको उनको आरोप नेपाल समूहका कतिपय नेताहरूले भनेको जस्तो केपी ओलीका प्रवृत्तिविरुद्ध संघर्ष गर्न पार्टीमा फर्किने हो भने स्वीकार्य नहुने समेत उनले बताए

प्रस्तुत , लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश

तपाईंहरूले माधवकुमार नेपाल बाहेकको नेकपा एमाले परिकल्पना गर्न थाल्नुभएको हो ?

त्यस्तो होइन, तर एकताबद्ध एमाले, (माधव कमरेडले बेलाबखत भन्नुहुन्छ) विधिसम्मत, अनुशासित एमाले, त्यही निर्माण गर्न खोजेका हौं एक प्रकारले भन्दा माधव नेपालको चाहना, जुन उहाँले छोड्नुभयो, त्यही बाटोमा उहाँलाई फर्काउन खोजेको हो

बनाउन खोजेको चाहिँ माधव नेपालसहितकै एमाले हो ?

उहाँहरू विधि पद्धति, अनुशासन, नेतृत्व नीतिलाई स्वीकार गरेर आउँदा एकताबद्ध एमाले सम्भव छैन भन्ने होइन तर नेतृत्वलाई विस्थापन गर्ने कुरा स्वीकार्य छैन

साबिकको नेकपामा एक खालको शक्तिसंघर्ष थियो, त्यसबेला को कता उभियो भन्ने हिजोको कुरा होला नि ?

त्यो पनि गलत थियो किनकि हामीले एकता गर्दा भएका सहमति विरुद्धका गतिविधि षड्यन्त्र नै थिए एकताका सहमतिभन्दा बाहिर गएर नेतृत्वविरुद्ध गतिविधि गर्नु उचित थिएन किनकि एकताको दस्तावेजमा सहमतिलाई जोड दिइएको थियो दुईटा अध्यक्षको सहमतिमा मात्र प्रस्तावहरू पेस गर्ने, निर्णय प्रमाणीकरण गर्ने एकताकै मान्यता थियो त्यसलाई अस्वीकार गरेर अगाडि बढ्न खोज्दा नै पार्टी एकतामा समस्या भयो

पछिल्लो समय उहाँहरूले प्रतिनिधिसभा विघटन नै समस्या हो भनेर कार्यकर्ता पंक्ति जनस्तरमा भ्रम सिर्जना गर्ने कोसिस गर्नुभयो जबकि प्रतिनिधिसभा विघटन कारण थिएन, पार्टीभित्रको अन्तरसंघर्षको परिणाम थियो संसदीय दल एकताबद्ध नरहेको, पार्टी संचालन गर्न कठिन भएको सरकारको कामकारबाहीमा असर पर्ने भएपछि नयाँ जनादेशमा जाने निर्णयको परिणाम थियो

यो अन्तरसंघर्ष बहसमा कमरेड केपी ओलीको नेतृत्वमा पार्टी सरकार अलोकप्रिय भयो भन्ने उहाँहरूको मान्यता खण्डित भयो, आम कार्यकर्ता पंक्ति जनताले अस्वीकार गरे यदि उहाँहरूले जनमत कार्यकर्ताको म्याण्डेट स्वीकार गर्नुहुन्छ भनेहामीले गल्ती गरेका रहेछौं, कमरेड केपी ओलीकै नेतृत्वमा पार्टी अगाडि बढ्छभन्ने विश्वासका साथ पार्टी एकताको पक्षमा फर्किनुपर्छ

उहाँहरूले सर्वोच्च अदालतले गरेको २३ फागुनको फैसलाअनुसार जेठ २०७५ मा फर्किऔं भन्नुभएको त्यसबेलाको एमालेको कमिटी विधान मान्छौं भनेपछि त्यहाँ जान तपाईंहरूलाई किन गाह्रो ?

त्यो व्यवहारतः पुष्टि गर्नुपर्यो पहिलो कुरा उहाँहरू सर्वोच्च अदालतको फैसलापछि प्रचण्डसहितको बैठक बस्नुभयो बैठकमा के छलफल भयो भन्ने बाहिर आएकै त्यसले उहाँहरू सर्वोच्चको फैसलापछि फर्किएको भन्ने प्रमाणित गर्दैन त्यसपछि उहाँहरू पार्टीभित्र अलग समूहको रूपमा स्थायी कमिटीको बैठक बस्नुभयो आफ्नो समूहको केन्द्रीय कमिटीका साथीहरूसँग बस्नुभयो, प्रतिनिधिसभाका सदस्यहरू बस्नुभयो, त्यो पनि सार्वजनिक भएकै त्यसपछि बल्ल प्रधानमन्त्रीको नेतृत्वमा रहेको समूह बस्यो

प्रचण्ड माधव नेपालहरू बसेर अलग हुने निर्णय गर्नुभयो, हामी केपी ओली रामबहादुर थापा बसेर सँगै जाने निर्णय गर्यौं अर्थात् नयाँ परिस्थितिमा हिजो जुन प्रकारको राजनीतिक ध्रुवीकरण भएको थियो त्यसलाई भत्काउने कि कायम राख्ने भन्ने सन्दर्भमा उहाँहरू भत्काउनेमा जानुभयो, हामी कायम राख्नुपर्छ भन्नेमा गयौं

अदालतले एकप्रकारले वैधानिक फैसला गरेको हो, राजनीतिक फैसला हामीसँगै थियो हामीले २८ गतेको बैठकबाट त्यही राजनीतिक फैसला गर्यौं कि हिजो प्रचण्डसँग असहमति राखेर केपी ओलीको नेतृत्वमा समाहित हुनुभएका कमरेडहरूलाई साथमा लिएर हिँड्ने त्यो निर्णय रोक्नुपर्छ भन्ने उहाँहरूको जुन भनाइ , त्यसलाई स्वीकार गर्न सकिन्नँ

त्यही निर्णय माधवकुमार नेपालसहित बसेर गरेको भए भइहाल्थ्यो नि ?

उहाँहरू प्रचण्डसहित बसेर छलफल गर्नुभयो अलग हुने निर्णय गर्नुभयो हामी रामबहादुर थापासहित बस्यौं सँगै रहने निर्णय गर्यौं यसले पार्टी निर्माणका सन्दर्भमा के अन्तर भयो ? यदि कमरेड केपी ओलीको नेतृत्वमा सँगै हिँड्न खोज्नेहरूलाई समेटेर जानुपर्छ भन्ने हो भने यसमा असहमति राख्नुपर्ने के ?

तपाईंहरू आफ्नो समूहको मात्रै बैठक बस्नुभयो, नवौं महाधिवेशनले पारित गरेको विधान, पदाधिकारीबारे आफूखुशी निर्णय गर्नुभयो यो सबलाई केही होइन भन्न मिल्छ ?

त्यो केही भएको छैन २८ गते हामीले गरेको जम्माजम्मी दुइटा कुरा हो पहिलो, नेकपा एमालेको अधिवेशनको अवधि समाप्त भइसकेको अब महाधिवेशनमा जानुपर्छ भनेर त्यही प्रक्रियाअन्तर्गत बाधा अड्काउ फुकाउमार्फत काम गर्यौं

दोस्रो, रामबहादुर थापा बादलजीलगायतका साथीहरूलाई पुनर्जीवित नेकपा एमालेमा जोड्ने काम गर्यौं

समूह बस्न उहाँहरूले आरम्भ गर्नुभयो उहाँहरूले प्रचण्डसहित बसेर अलग हुने निर्णय गर्नुभयो हामी बसेर सँगै जाने निर्णय गर्यौं के सँगै हिँड्नु गलत हो ?

उहाँहरूले प्रक्रियामा प्रश्न उठाउनुभएको नि ?

प्रश्न उठाउने विषय नै छैन किनकि राजनीति भनेको प्रक्रिया पहलकदमी पनि हो अहिले जुन परिस्थिति उत्पन्न भएको , यो अवस्थामा पार्टीलाई कसरी बलियो बनाउने भन्ने पहलकदमी अध्यक्षका नाताले कमरेड केपी ओलीले लिनुपथ्र्यो, लिनुभयो यसप्रति असहमति राखिराख्नु उचित होइन

एमाले बलियो माधवकुमार नेपालहरूलाई पनि राखेर निर्णय गर्दा हुन्थ्यो होला नि ?

उहाँहरूलाई जोडिन रोकेका छौं ? छैन नि ?

उहाँहरू विना बैठक बस्नुभएको .....

उहाँहरूले जे गर्नुभयो, त्यही काम यताबाट पनि भएको हो उहाँहरूले आफूले गरेको कामलाई गलत मान्नुभएको ? आफूले गरेको जायज मान्ने, अनि अरूको आलोचना गर्न मिल्छ ? उहाँहरू प्रचण्डसहित बस्नुभयो त्यसपछि आफ्नो स्थायी कमिटी सदस्यहरूसँग बस्नुभयो, केन्द्रीय कमिटी सदस्यहरूसँग बस्नुभयो त्यसपछि बल्ल कमरेड केपी ओलीको नेतृत्वमा बस्ने काम भएको , निर्णय नकारात्मक भएको छैन, सँगै जाने भनिएको हिजोको एकताको भावलाई तोड्नुहुँदैन, वैधानिक प्रक्रियाले छोपे पनि राजनीतिक रूपमा निर्णय गरेर जान सक्छौं भन्ने साथीहरूलाई समेटेर लैजानु उचित हो भन्ने ठान्छु

तर माधवकुमार नेपालले सार्वजनिक मञ्चबाटअध्यक्षबाट अभिभावकीय भूमिका भएन भएको भए कमरेड किन रिसाउनुभयो भनेर फकाउन जान्थें तर उहाँले आफ्नो पक्षको मात्र बैठक गरेर निर्णय गर्नुभयोभन्नुभएको तपाईंहरूलाई उहाँ प्रचण्डसँग बैठक गरेर पार्टी फुटाउन आउनुभएको हो भन्ने लागेको होइन ?

त्यसो होइन कमरेड केपी ओलीको जन्मदिनमा प्रचण्डले पनि शुभकामना दिनुभएन, माधवकुमार नेपालले पनि दिनुभएन तर माधवकुमार नेपाल प्रचण्डको जन्मदिनमा शुभकामना दिनुभएको , जतिबेला उहाँहरू चरम अन्तरद्वन्द्वमा हुनुहुन्थ्यो त्यसअर्थमा कड्सी मेन्टेन गर्न प्रधानमन्त्री अगाडि नै हुनुहुन्छ भन्ने नबिर्सौं

राजनीतिक रूपमा विमति रहेपछि एकले अर्कालाई लगाउने आरोप आफ्नो ठाउँमा छन् तर मानवीय सम्बन्ध, मित्रताको प्रश्न फरक हो त्यो मामिलामा केपी ओली अरूभन्दा अगाडि नै हुनुहुन्छ भन्ने लाग्छ मलाई

तर एमालेको अभिभावक भनेको अध्यक्ष नै हो, अभिभावकसँग बढी अपेक्षा राख्नु अन्यथा हो ?

उहाँ ९ओली० ले त्यो काम गर्नुभएकै उहाँले प्रचण्डलाई आउनुस्, छलफल गरौं भनेको तपाईंहरूले नै सार्वजनिक गर्नुभएको तर त्यही कुरा उहाँहरूको तर्फबाट भएन उहाँहरूले बरु बालुवाटार जाँदेनौं भनेर अडान लिनुभयो

जबकि माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल मात्र होइन, नेपाली कांग्रेसका सुशील कोइराला, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बालुवाटारमा पार्टीको बैठक हुने गरेको थियो त्यसो भए उहाँहरूले अडानका रूपमा किन प्रस्तुत गर्नुभयो ?

उहाँहरूको उद्देश्य नै असहमति प्रकट गर्नेमा तर पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संवादका लागि प्रयत्न गर्नुभयो पार्टी कार्यालय जानुभयो, छलफल गर्नुभयो, अनुरोध गर्नुभयो

वातावरण अनुकूल होस् भनेर चियापान आयोजना गर्नुभयो नेपाली राजनीतिमा चियापान संस्कृति भनेको सम्बन्ध सुधारको माध्यम हो तर, उहाँहरूले त्यसलाई पनि बहिष्कार गर्नुभयो भनेपछि आग्रह कसको रहेछ भन्ने पुष्टि भएन ?

उसो भए प्रचण्डले बुटवलमा भनेको जस्तै, उहाँहरूको उद्देश्य सके एमाले कब्जा गर्ने, नसके फुटाउने नै हो ?

उहाँहरूको कुरा के भनेर उहाँहरूले बताउने हो के ठान्छु भन्दा उहाँहरूबाट त्यस्तो गल्ती हुने छैन किनकि यो पार्टी निर्माणमा माधव कमरेडको अत्यन्त महत्वपूर्ण योगदान भन्ने कुरा हामी भन्दै आएका छौं

पछिल्लो समय चाहिं उहाँले आफ्नै मान्यता विपरीत असहमतिहरू प्रकट गर्नुभएको माधव नेपालको एउटा विशेषता समन्वयकारी हो तर पछिल्लो समय उहाँले प्रचण्ड केपी ओलीको बीचमा सम्बन्ध विकसित हुन नदिने गरी जुन भूमिका खेल्नुभयो, त्यो ठीक भएन आफ्नो स्वभाव विपरीतको क्रियाकलाप किन प्रकट गर्नुभयो ? हामी आफैं आश्चर्यचकित छौं

अर्कोतर्फ विधि, पद्धति अनुशासनको मामिलामा उहाँले हरदम जोड गर्नुभयो आज स्पष्टीकरण सोधिएको कुरालाई एकदम संवेदनशील बनाइएको उहाँ महासचिव हुँदा कति नेताहरूलाई स्पष्टीकरण सोधिएको थियो भन्ने सम्झना गर्नुभयो भने यो सामान्य चिज हो भन्ने बुझिहाल्नुहुन्छ

१५ वर्ष पार्टीको महासचिव हुँदा कस्ता घटनामा कति नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्नुभयो ? कतिलाई निलम्बन गर्नुभयो रु कतिलाई कारबाही गर्नुभयो ? भन्ने सम्झना गर्ने हो भने उहाँको कर्तव्य हुन्छ, पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने, गल्ती स्वीकार गर्ने पार्टी एकताका लागि योगदान गर्ने

त्यसबेला अहिलेको परिस्थिति कहीँ भिन्न होला नि !

विवाद हुँदा जहिले पनि तिक्तता हुन्छ, आशंका हुन्छ तर पार्टीको विधि पद्धति जस्तो सुकै बेला स्थापित गर्नुपर्छ भन्ने मान्यताको पैरवी गर्ने नेता हो माधवकुमार नेपाल यसलाई हामीले बिर्सनुहुँदैन

नवौं महाधिवेशनमा अध्यक्षमा पराजित भइसकेपछि आफूले भन्दै आएका कुराहरूलाई खण्डित गर्दै आउनुभयो पार्टीभित्र गुटबन्दी, समानान्तर गतिविधि गर्न थाल्नुभयो पछिल्लो समय समानान्तर कमिटी निर्माणको नेतृत्व गर्नुभएको

यसलाई उहाँले पार्टीका रूपमा व्याख्या गर्नुहुन्छ आरोप लगाउनुहुन्छ, कमरेड केपी ओलीले आफूलाई  पार्टी ठान्यो, पार्टी भनेकै समूह हो भन्नुहुन्छ अर्कोतिर पार्टीको निर्णय बेगर आफ्नो नाममा समानान्तर गतिविधि गर्नुहुन्छ यसलाई पार्टीले स्वीकार गर्न सक्दैन नि !

त्यसो हो भने विभाजन उन्मुख देखिएको एमालेलाई एकताबद्ध बनाउने सूत्र के हो ?

जसरी उहाँहरू प्रचण्डबाट प्रभावित भएर वा प्रचण्डलाई प्रभावित गर्ने गरी अध्यक्षका विरुद्ध जे गतिविधि गर्नुभयो, त्यो गलत भयो भनेर स्वीकार गर्ने

कात्तिक २८ ९नेकपा सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरोको मिति० बाट जेजे गर्यौं, गल्ती थियो भन्नुपर्यो ?

विगतमा हामीले गरेको सही रहेनछ भन्ने मान्नु पर्यो यद्यपि विगत घटनाका आधारमा पार्टीले कसैलाई दण्डित गर्दैन रियलाइजेसन चाहिं हुनुपर्छ कमी महसूस गर्नासाथ समस्या केही छैन

उहाँहरूले तात्तातो अवस्थामा समीक्षा नगरौं, यसले थप तिक्तता हुन्छ अहिले पार्टीलाई एकताबद्ध बनाएर लैजाऊँ, भोलि सबै समीक्षा गरौंला भन्नुभएको नि !

पार्टीले पनि त्यही भनेको , पुराना कुरा बिर्सिदिन्छौं, तर कमजोरी महसूस गरेर आउनुस् अहिले उहाँहरूले गरेको गतिविधि पार्टी अनुशासनका हिसाबले दण्डनीय हुन् हामी अनुशासनको कारबाहीको विषय बनाउँदैनौं, तर कमजोरी महसूस गर्नुस् भन्नु उदारता होइन ?

पार्टीले अहिले पनि भनिरहेकै , स्वागत गर्न तयार छौं पार्टीलाई एकताबद्ध गर्ने उद्देश्यका साथ आउनुस् तर नेतृत्वलाई विस्थापन गर्ने वा कतिपय साथीहरूले भन्नुभएको , कमरेड केपी ओलीका प्रवृत्तिविरुद्ध संघर्ष गर्न पार्टीमा फर्किनेयो स्वीकार छैन

त्यस्तो अवस्थामा जुनसुकै परिणाम स्वीकार गर्न तयार हो ?

मुख्य नेतृत्व नीति विरुद्ध संघर्ष गर्न पार्टीमा अनुमति प्राप्त हुन्छ ? हुँदैन नि ! यदि नेतृत्वलाई विस्थापित गर्ने हो भने अधिवेशनमा गएर बहस गर्न सकिन्छ, विकल्प दिन सकिन्छ तर अहिले पार्टीभित्र नेतृत्वलाई मान्दिनँ भनेर सँगै बस्न सम्भव हुँदैन हुन्छ ?

विगतलाई हेर्ने हो भने एमालेमा गुटबन्दी नयाँ होइन तर यो रूपमा आइपुग्नुमा केपी शर्मा ओली माधवकुमार नेपाल बीचमा समन्वयकारी भूमिका खेलिदिने मनमोहन अधिकारीलगायत जस्ता नेताको पो अभाव भएको हो कि ?

होइन, हामी बीचमा समन्वयकारी भूमिका खेल्न सक्ने पर्याप्त मान्छेहरू छन् अहिले पनि माधव कमरेडलाई भेटेर छलफल गर्न मलाई कुनै गाह्रो छैन त्यही अवस्थामा पार्टीका नेताहरू हुनुहुन्छ हामी (समन्वय) गरिरहेका पनि छौं

तर उहाँहरूका हरेक नेता अध्यक्षविरुद्ध टकरावमा रहनुभयो अध्यक्षसँग व्यक्तिगत रूपमा बहसमा नउत्रिएको मुख्य नेता को भन्नुस् ? जो नेताहरू पार्टीमा फर्किन संकोच मानिरहनुभएको , त्यो अवस्था उहाँहरूले नै गरेको हो

हाम्रो तर्फबाट नेतृत्वलाई व्यक्तिगत रूपमा लाञ्छित गरेका छैनौं फलाना नेताको प्रवृत्ति समस्या हो भनेका छैनौं त्यसअर्थमा अराजनीतिक अस्वस्थ बहस कसले चलायो भन्ने हेर्नुपर्छ तर पनि राजनीतिमा यस्ता चिजहरूलाई बिर्साउन सकिन्छ सधैंभरि सम्झेर बस्नु पनि हुँदैन

द्वन्द्वका बेला ठूलो क्षति व्यहोरेका हामीले माओवादीसँगै एकता गर्यौं भने अहिले माधव कमरेडलाई नेता स्वीकार गर्न गाह्रो छैन तर प्रचण्ड कमरेडले जे कुरा भन्नुभएको , त्यसबाट अलग छु भनेर सार्वजनिक रूपमा भन्नु पर्यो नि !

माधव कमरेड उहाँसँग रहेका साथीहरूलेप्रचण्डजीले जे भन्नुभएको , त्यो षड्यन्त्रपूर्ण हामीलाई स्वीकार्य छैनभनेर भन्नु पर्दैन ? उहाँहरूले किन भन्न सक्नुभएन भन्ने जिज्ञासा पार्टी पंक्तिमा

भन्नुभएको , सुरेन्द्र पाण्डेले उहाँहरूको राष्ट्रिय भेला भएकै बेला अनलाइनखबरलाई दिएकै अन्तर्वार्तामा भन्नुभएको नि !

त्यो मैले सुनेको छैन भन्नुभएको रहेछ भने राम्रो हो तर त्यो कुरा मुख्य नेता माधव नेपालबाटै आउनु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ

भनेको, प्रचण्डको अभिव्यक्ति, उहाँहरूको गतिविधि सबैले आफ्नै पार्टीका नेताहरूमाथि तपाईंहरूको मनमा शंका ?

प्रचण्डको अभिव्यक्तिले मात्र होइन, त्यसपछिका दिनहरूमा राष्ट्रिय भेलाका नाममा जे डकुमेन्ट पेश गर्नुभयो, त्यसले पनि भन्छ त्यहाँ माधव कमरेडले गरेको भाषणले पनि त्यही भन्छ, सुरेन्द्र पाण्डे घनश्याम कमरेडले के भन्नुभयो भन्ने पनि बाहिर आएको

त्यसअर्थमा प्रचण्डजीले बोल्नुभयो, त्यसकारण आशंका भयो भन्ने होइन त्यसैलाई पुष्टि गर्ने काम उहाँहरूको गतिविधिहरूले गरेका छन् समानान्तर भेला गरेर कमिटी गठन गर्दै हिंडेपछि त्यसलाई के भनेर बुझ्ने ? संवादका लागि धैर्य पनि देखाइँदैन भने त्यसको परिणाम विभाजन हो भन्ने बुझिंदैन ?

तपाईंहरूले महाधिवेशनको तयारी गर्ने, उहाँहरूले समानान्तर कमिटी बनाउने भनेपछि विभाजनमै जान खोजेको हो ?

महाधिवेशन मंसिरमा गर्ने हो मंसिरको कुरा गर्ने वित्तिकै आजै समानान्तर गतिविधि गर्नुपर्छ ?

तपाईंहरू पनि कहाँ कम हुनुहुन्छ ? गुटको भेला भइरहेकै , केही पहिले महिला (अखिल नेपाल महिला संघ) को भेला गर्नुभएको थियो नि ?

महिलाको भेलाले कमिटी बनाएको छैन नि !

नेतृत्वमा तपाईंहरूतिर भएका साथीहरूको बहुमत , अनि फेरि किन अर्को कमिटी बनाउनुपर्यो ?

होइन, हिजो विवादका बेलामा के गरियो भन्ने एउटा हो पार्टी पुनस्र्थापना पछाडि नयाँ कमिटी बनाउने काम भएको ? उहाँहरूले समानान्तर कमिटी घोषणा गर्दै हिंड्नुभएको यसले पार्टी विभाजनको प्रयास कसले गरेको भन्ने देखाउँछ

त्यसो भए एमाले एकताभन्दा विभाजनकै बाटोमा देखियो अब ?

होइन, मिल्नुपर्छ मिल्दा नै उहाँहरूको पनि हित हुन्छ, समग्र आन्दोलनको पनि हित हुन्छ भन्नेमा कुनै सन्देह छैन तर वैचारिक, राजनीतिक हिसाबले एउटा विधिमा नबाँधी अराजकता सिर्जना गर्ने छुट चाहिँ हुँदैन

पार्टी नेतृत्वको एउटा पंक्ति एक समय तपाईंहरू आफैंले तोकेको ७० वर्षे उमेर हद आसपास साबिक नेकपाको विवादमा पार्टी अध्यक्ष स्वयंले नेतृत्व हस्तान्तरण गर्न तयार छु पनि भन्नुभएको थियो अब महाधिवेशन वा कुनै विधिबाट नेतृत्व हस्तान्तरण गरेर पार्टीको विभाजन टार्न सकिन्न ?

अधिवेशन भनेको सन्दर्भमा हुन्छ त्यसले जे पनि निर्णय गर्न सक्छ कार्यकर्ता पंक्तिको विश्वास जित्न सक्ने हो भने उहाँहरूलाई जित्न पनि सकिन्छ जस्तो कि केपी ओलीले माधवकुमार नेपाललाई जितेर अध्यक्ष हुन मिल्छ भने केपी ओलीलाई जितेर अर्को मान्छे अध्यक्ष हुन किन मिल्दैन ? सिस्टमले मिल्छ

त्यसअर्थमा अधिवेशनको प्रक्रियाले कसैका लागि बाटो बन्द गरेको छैन उहाँहरू, जसले आफू सही छौं भन्ने ठान्नुहुन्छ, अधिवेशनको प्रक्रियामा गएर आफूलाई स्थापित गर्ने ठाउँ पार्टीभित्र छँदैछ नि !

उहाँहरू स्थापित हुने/नहुने भन्दा पार्टीलाई फुटबाट जोगाउने शर्तमा नेतृत्व हस्तान्तरण गर्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न हो ?

अहिलेको बहस त्यो तहमा प्रवेश गरेकै छैन किनकि नेतृत्व हस्तान्तरण भनेको पार्टी एक ठाउँमा आएको बेला हुने हो अहिले पार्टी अलग-अलग ठाउँमा बसेर अलग-अलग गतिविधि भइरहेको बेलामा त्यो तहको विषय छलफलमा प्रवेश गर्छ भन्ने मलाई लाग्दैन अहिले पार्टीको रक्षा प्रधान विषय हो यस्तो बेलामा को नेता हुन्छ ? को नेता हुँदैन ? भन्ने बहसमा प्रवेश गर्न सक्दैनौं

अहिलेको विषय भनेको, एउटा धारले केपी ओलीका कारण पार्टी अलोकप्रिय भयो, सरकार अलोकप्रिय भयो भनेको अर्को धारले केपी ओलीका कारण पार्टी बलियो हुनसक्छ, सरकार प्रभावकारी हुनसक्छ भन्यो यो बहसमा प्रवेश गरेर आन्दोलनमा यति ठूलो समस्या पैदा भएका बेला नयाँ विषय आउँदैन, पहिले यो विषय टुंग्याउनुपर्छ

यो टुंग्याउन चाहिँ आम चुनाव अधिवेशनमा जानुपर्यो ?

सरकार कति अलोकप्रिय भन्ने टुंग्याउन चुनावमा जानुपर्यो पार्टीमा कति अलोकप्रिय भन्ने जाँच्न अधिवेशनमा जानुपर्यो

भनेको अब एउटा चुनाव एउटा महाधिवेशन केपी ओलीकै नेतृत्वमा लड्ने हो ?

जसरी बहस गरियो, त्यसले एउटा अधिवेशनमा पार्टी पंक्तिमा केपी ओली लोकप्रिय कि अलोकप्रिय भनेर परीक्षण गर्नुपर्यो , एउटा चुनाव चाहिं केपी ओली नेतृत्वको सरकारले जनता राष्ट्रको पक्षमा काम गरेको थियो वा थिएन भनेर जानुपर्ने भयो

यो बाध्यता माधवप्रचण्ड नेतृत्वको बहसले सृजना गर्यो यो बहसलाई हामीले स्वीकार गर्यौं कमरेड केपी ओलीका कारण होइन, तपाइर्ंहरूका कारण समस्या सृजना भएको हो भन्यौं

उहाँहरूले हामी सही छौं भन्ने हो भने चुनाव स्वीकार गर्नुपर्यो, अधिवेशन स्वीकार गर्नुपर्यो

चुनाव चाहिँ फेरि अर्लि नै गर्ने हो ?

यो विषय राजनीतिक दलको सहमतिमा भर पर्छ किनकि एक्लै निर्णय गर्दा बहस, विवाद अदालतको विषय बन्छ यदि प्रमुख दलहरूका बीचमा सहमति हुन्छ भने अर्लि इलेक्सन नै अबको समाधान हो

तर, अदालतले कुन अवस्थामा मात्र संसद विघटन हुनसक्छ भनेर व्याख्या गरिसकेको , राजनीतिक दलहरूले सहमति गर्दैमा हुन्छ ?

अदालतको व्याख्याभित्र पनि ठाउँ अहिले पनि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएन भने ठूलो दलको हैसियतमा चुनावमा जान पाइहाल्नुहुन्छ नेपाली कांग्रेसले अर्लि इलेक्सन भनेकै फरक यत्ति हो कि उसले आफ्नो नेतृत्वको सरकारमा अर्लि इलेक्सन भनेको यसले अर्लि इलेक्सन राजनीतिक रूपमा आवश्यक भइरहेको भन्ने प्रचण्ड माधव कमरेडहरूले मात्र स्वीकार नगरेको हो

तपाईंहरूलाई पनि प्रधानमन्त्री अरूको लोकप्रियता जाँच्ने रहर भएकाले फेरि त्यतै लैजान खोजेको हो ?

हामीले पुस मै लैजान खोजेकै हो नि ! त्यसबेला नै राजनीतिक रूपमा अपरिहार्य भनेका थियौं, तर सर्वोच्च अदालतले बहुमतप्राप्त दलको कर्तव्य सरकार सञ्चालन गर्नु हो भन्यो बहुमत नहुँदाको अवस्थामा संविधानले बाटो दिएकै भनेर सर्वोच्चले व्याख्या गरेको त्यसो हुँदा ठूलो दलको हैसियतले विश्वासको मत प्राप्त गरेन भने अर्लि इलेक्सनको बाटो खुला नै

तयारी पनि त्यसकै हो ?

हामीले तयारी गरेका छैनौं किनकि माओवादी केन्द्रले सरकारलाई समर्थन गरिरहेकै अरू दलहरूले पनि अविश्वासको प्रस्ताव पेश नगरेकाले चुनावमा जाने भनेर हतारिनुपर्छ भन्ने छैन तर माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत लिनुपर्छ विश्वासको मत प्राप्त गर्न सकिएन अरूले बहुमत देखाउन सकेनन् भने चुनावमा जानुपर्ने हुन्छ

तपाईंहरू माओवादीले समर्थन फिर्ता लिइदिओस् भन्ने चाहनुहुन्छ जस्तो देखिन्छ माओवादीबाट सरकारमा गएकाहरूलाई एमाले बनाइसक्नुभयो माओवादीसँग सत्ता साझेदारीबारे नयाँ ढंगले सहमति खोज्नुभएको पनि देखिंदैन !

हामीले प्रस्ताव राखेकै छौं, तर उहाँहरूले चाहनु भएन

तपाईंहरूको प्रस्ताव के हो ?

यही सरकारलाई निरन्तरता दिऊँ, तपाईंहरू गठबन्धनका रूपमा सामेल हुनुस् भन्ने प्रस्ताव हो तर उहाँहरूले प्रधानमन्त्रीमाथि विश्वास चाहिं प्रकट गर्नुपर्छ

प्रधानमन्त्रीमा चाहिँ केपी ओली बाहेक एमालेकै कुनै नेता भन्नुभयो भने मान्नुहुन्छ ?

हिजो सँगै बसेका बेला हामीले यही प्रस्ताव राखेका थियौं, तर उहाँहरूले मान्नुभएन अहिले हामी तयार छैनौं किनकि त्यो विषयबाट बाहिर निस्किएर राष्ट्रव्यापी बहस गरिसक्यौं, जनमत बनाइसक्यौं जनता कार्यकर्ताले साथ दिइसकेपछि फेरि नेतृत्वलाई कमजोर पार्ने काम हामीबाट हुँदैन

तपाईं लुम्बिनी प्रदेशको मुख्यमन्त्री पनि हुनुहुन्छ, केन्द्रसँगै प्रदेश सरकारको अवस्था पनि त्यही हो ?

हामीसँग विकल्प प्रशस्त छन् सरकार कुनै समस्यामा छैन यदि माओवादी अलग भयो भने वटै ठाउँमा सरकार कायम राख्न सक्ने अवस्था कायमै उहाँहरू कसरी आउनुहुन्छ, त्यस आधारमा आफ्नो नीति बनाउँछौं

केन्द्रमा जे भए पनि प्रदेशमा एमाले माओवादी गठबन्धन कायमै रहन सक्छ ?

यदि उहाँहरू नीतिगत रूपमै तयार हुँदा छलफल गर्न सकिन्छ तर अहिले हामी हिजोको एउटै दलको निर्णयका आधारमा सरकारमा छौं , विकल्प खोज्ने उहाँहरूको प्रयास सफल भएको छैन यही सरकार हुनुपर्छ भन्ने नीतिगत निष्कर्षमा पुगेको मैले बुझेको छैन , गठबन्धनको प्रस्ताव पनि राख्नुभएको छैन

तर हिजो नेकपामा ४/ को भागबण्डाका आधारमा प्रदेश सरकार बनेको थियो अब फेरि एमाले माओवादी भन्दा तपाईंहरू सबैतिर नेतृत्व दाबी गर्ने होला ?

समग्रतामा तालमेलमा गयौं भने माथिबाट शुरु हुन्छ केन्द्रमा तालमेल नहुने, प्रदेशमा हुने भन्ने हुँदैन यद्यपि ठाउँविशेषको हकमा वामपन्थी गठबन्धन कायम राख्ने सहमति भयो भने पार्टीले अनुमति नदिने भन्ने पनि नहोला तर राजनीतिक रूपमा माथि तीव्र अन्तरसंघर्ष भइरहेका बेला तल मिल्ने कुरा हुँदैन

त्यो हो भने केन्द्रमा जस्तै प्रदेशमा पनि अर्लि इलेक्सनको सम्भावना ?

प्रदेशमा अर्लि इलेक्सन जरूरी छैन किनकि प्रतिनिधिसभामा जस्तो प्रदेशसभामा समस्या पैदा भएको थिएन छैन पनि त्यसैले केन्द्रका कारण प्रदेश प्रभावित नहुँदा राम्रो तर चार वर्ष पछाडि गर्नुपर्ने भयो भने प्रतिनिधिसभा प्रदेशको चुनाव एकै पटक गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ व्यक्तिगत रूपमा

त्यसरी केन्द्रमा अर्लि इलेक्सन हुनेभयो भने तपाईं चाहिँ केन्द्रमा आउने कि प्रदेशमै बस्ने ?

त्यो पार्टी निर्णयमा भर पर्छ एक हिसाबले मैले प्रदेशको आधार बनाउने काम गरेको छु तर आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने जनमत प्रदेशभित्र , यसलाई मैले सम्मान गर्नुपर्छ अर्कोतर्फ राष्ट्रिय राजनीतिमा पार्टीले मेरो भूमिका आवश्यक ठान्यो भने मैले अस्वीकार गर्ने कुरा हुँदैन

(अनलाईन खबरबाट साभार)

 

प्रहरी वरिष्ठ नायव निरीक्षक थापालाई १ लाख रुपैयाँ

छाल खवर धरान,३०असोजः यसपटकको साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहर ...

उपप्रमुख पदलाई अपमानित गरेको ६ दलको आरोप

छाल खवर धरान,३०असोजः धरानका नगरप्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ...

झापाको दुधेको एक होटेलबाट नगद सहित १२ जना जुवाडे

छाल खवर धरान,२९ असोजः चाडवाडको मौका छोपी तास जुवा खेल्नेहरु निकै सलवलाउन था ...

एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएक

छाल खवर धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एके ...

हिबिस्कस बोर्डिङ स्कुलमा शुभकामना आदान प्रदान

छाल खवर धरान,२२ असोजः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले दशैको ...

ब्याडमिन्टन प्रतियोगिताको उपाधी चन्द र तामाडको पो

छाल खवर धरान,२१ असोजः धरानमा भएको खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताक ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic