काठमाडौलाई विर्साउने हिटी चतरामा निर्माण हुने

  • चैत १२, २०७७
  • ३,०१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।
प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो ।

2 1
हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।
हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।
विश्व हिन्दु परिषदको अगुवाईमा निर्माण हुन लागेको सो हिटिको लागत ८ लाख रुपैया लाग्ने निर्माण संयोजक तथा परिषदका अध्यक्ष देवराज अधिकारीले जानकारी दिएकाछन् ।
हिटी लिच्छवी र मल्लकालिन शैलीको इँटा डाँची अप्पा प्रगोग गरी १२ फिटको उचाईको निर्माण गरीने संयोजक अधिकारीले जानकारी दिएकाछन् ।

32
उनका अनुसार धाराको वरीपरी फूलवारी र गार्डेन निर्माण गरीने लक्ष्य रहेको छ । हिटीबाट चौविसै घण्टा पानी आउने र पिउने मिल्ने पानीको व्ःयावस्था मिलाइने भएको छ ।
हिटी निर्माणका लागि २१ जना दाताले जनही २१ हजारका दरले दान गरीसकेको अध्यक्ष अधिकारीको भनाई रहेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका नरेन्द्र श्रेष्ठले आमा शुभद्रा देवी र बुवा पूर्णबहादुर श्रेष्ठको स्मृतिमा ३१ हजार रुपैया दान दिएका थिए ।
हिटीको उद्घाटन डा. भोला रिजाबाट वैशाख ३१ गते गरीने अधिकारीले जानकारी गराएकाछन् ।
हिटी निर्माण पश्चात नियमित पिउने पानीको सुविधा हुनुका साथै पूर्वका पहिलो पटक निर्माण गरीएकोले धार्मिक पर्यटकहरु समेत यसलाई हेर्न आउनेको संख्यमा वृद्धि भई आन्तरीक पर्यटनमा समेत वृद्धि हुने आयोजकको दावी रहेको छ ।
यो पीठमा आउने भक्तजनहरुका लागि यसले ठूलो सेवा मिल्नुका साथै थप प्रचार हुने समेत आयोजकको विश्वास रहेको छ ।
पीठका महासचिव प्रल्हाद भट्टराईले विश्व हिन्दु परिषदले पुन्यको कार्य गरेको भन्दै यस्ता कार्यमा सवैको साथ सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic