जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

  • चैत १४, २०७७
  • ८६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १४ चैत । नेपाली काँग्रेस नेता स्वर्गिय नवीन्द्रराज जोशीको शनिवार निधन भएको छ ।

जोशीको निधनमा सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

१७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने तर तीन दिन शोकसभा कार्यक्रम मात्रै गर्ने निर्णय भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले जोशीप्रति एक मिनेट मौनधारण गरि शोक प्रस्ताव पारित गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि थिएनन् । विराटनगरमा रहेका पौडेल मौसम खराबीका कारण काठमाडौं फर्कन नपाएकाले बैठकमा सहभागी हुन नसकेका हुन् ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२।०० बजेदेखि २।०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic