नेकपा एमालेको धरान नगर कमिटी विस्तार एवम् शपथ ग्रहण

  • चैत १४, २०७७
  • ६,२३७ पटक पढिएको
  • छाल खबर
alt

धरान,१४ चैत ः नेकपा एमाले केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्र्मेराज निरौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मिलाएर लानुपर्नेमा जोड दिएकाछन् ।

सर्वोच्च अदालतको फैसला पछिको नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारीत वैठक तथा शपथ ग्रहण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै निरौलाले सो कुरा वताएका हुन्।

निरौलाले अदालतको फैसलाले साविकका पार्टीहरु व्युताइदिएकोले पार्टी अध्यक्षले सवैलाई मिलाएर जाने अपेक्षा गरेता पनि अध्यक्ष ओली भने इगो लिएर अघि वढकोले पार्टीमा समस्या आएको वताए ।

उनले ओली नसच्चिए थप जटिलता वढदै जाने वताउदै र त्यसले मुलुक र नेपाली जनतालाई नै ठूलो घात हुने चेतावनि समेत दिएकाछन् ।

उनले सम्पुर्ण कमिटीहरु पुनःस्थापना गरि अगाडि लैजान निर्देशन समेत दिएका थिए ।

त्यसैगरी जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले पार्टी विधि र पद्धती अनुसार अघि वढने वताउदै को कसले काहा के समिति वनायो भन्ने कुराका पछि नलागी अधिवेशन र महाधिवेशनबाट निर्वाचित नै कमिटी नै आधिकारीक कमिटी वैधानिक रहेको दावी गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा नगर एमालेका अध्यक्ष नारायण सुवेदीले केही समय यता प्रधानमन्त्री केपि शर्मा ओलिनिकट कार्यकर्ताले मनोमानी रुपमा गठन गरेको कमिटी आधिकारिक नभएको दावी गरे ।

उनले आफ्नो नेतृत्वमा भएको पुरानो कमिटी स्थापना भएको दावी गरे । उनले ओलीले चालेको कदम पार्टीको बिधान बिपरित भएको दावी गरे ।

अध्यक्ष सुवेदीले ओलि निकट कार्यकर्ताको गुटमा सहभागी नहुन र सत्ताको लोभमा नफसी अगाडि बढ्न अनुरोध गरे ।
त्यसैगरी नेकपा एमाले धरान नगर कमिटी सचिवालय सदस्य पारस काड.माड. राइले स्वागत गर्दै पार्टीलाई दम्भ र घमण्डको बलमा अघि वढाइए कम्युनिष्टहरुको पतन निश्चित भएको दावी गरे ।

जिल्ला सदस्य इन्द्र राईले वामपन्थिहरुवीचको एकता अपरीहार्य रहेको वताए ।

सर्वोच्चको निर्णय पछि व्युतिएको नेकपा एमाले धरान उपमहानगर कमिटीको चैत्र ७ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार कमिटी पुनः स्थापना सहित बिस्तारीत बैठक तथा शपथ ग्रहण कार्यक्रम भएको हो ।

धरान– स्थित सदन स्कुलको सभाहलमा भएको कार्यक्रममा भएको हो । कार्यक्रमको सञ्चालन सचिव राजमणि निरौलाले गरेका थिए ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic