अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानीत

  • चैत १५, २०७७
  • ४,२४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ ।

समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो ।

दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो ।

उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए ।

सोही कार्यक्रममा अन्तरजातीय विवाह गर्ने १० जोडीहरु सम्मानीत भएका छन् ।

अन्तर जातीय विवाह गर्ने जोडीहरुमा पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य मिनबहादुर विश्वकर्मा र निरु पौडेल, बिनोद दर्नाल र पवित्रा श्रेष्ठ, टङ्कबहादुर विश्वकर्मा र शारदा मास्के, गोबिन्द विक र पुर्णकला राई, धर्मराज परियार र गौरी श्रेष्ठ, जयन्ती लिम्बू र बमबहादुर विक, राम कुमार दास र आशा लिम्बू सम्मानीत भएको विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएकाछन् ।

दलित विकास समितिले यस अघि पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic