अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानीत

  • चैत १५, २०७७
  • ४,२११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ ।

समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो ।

दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो ।

उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए ।

सोही कार्यक्रममा अन्तरजातीय विवाह गर्ने १० जोडीहरु सम्मानीत भएका छन् ।

अन्तर जातीय विवाह गर्ने जोडीहरुमा पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य मिनबहादुर विश्वकर्मा र निरु पौडेल, बिनोद दर्नाल र पवित्रा श्रेष्ठ, टङ्कबहादुर विश्वकर्मा र शारदा मास्के, गोबिन्द विक र पुर्णकला राई, धर्मराज परियार र गौरी श्रेष्ठ, जयन्ती लिम्बू र बमबहादुर विक, राम कुमार दास र आशा लिम्बू सम्मानीत भएको विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएकाछन् ।

दलित विकास समितिले यस अघि पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic