नेपाल र रावललाई साधारण सदस्यबाट निलम्बन कारवाही गर्ने कुनै अधिकार छैन नेपाल

  • चैत १६, २०७७
  • ३,८४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १६ चैत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीमा परेका छन्।

उनीहरूलाई आज पार्टीले ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो।

यही चैत ८ गते पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि कारवाही गर्नु परेको एमालेले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ।

६ महिनाको निलम्बन सच्चिनका लागि भएको एमालेले जनाएको छ। “सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ,” पार्टीले नेता नेपाललाई पठाएको पत्रमा उल्लेख छ ।

यता अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेपछी बरिष्ठ नेता माधव नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताएका छन् । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।
ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic