राजनीतिक स्थिरता भए छिटो विकास – मुख्यमन्त्री राई

  • चैत १८, २०७७
  • ६,७४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ चैत ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थिरता कायम भए विकासले फड्को मार्न समय नलाग्ने वताएकाछन् ।

आदिवासी जनजाति आयोग ललितपुरले बुधवार धरानमा आयोजना गरेको काम कर्तव्य र अधिकारका वारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै राईले सो कुरा वताएका हुन् ।

जनताले मुलुकमा वहुमत सहितको सरकार दिएको र वलियो सरकार वनाएको दावी गर्दै वर्तमान राजनीतिक खिचातानिले गर्र्दा जनतामा अन्यौलता र निराशा छाएको वताए ।

संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार पुरै पाच वर्ष सञ्चालन भए विकासले छिटो गति लिने दावी समेत गरेका थिए । जसले सरकारको नेतृत्व गरेपनि पुरै समय सञ्चालन गरेको खण्डमा विकासले छिटो गति लिने र समय नलाग्ने उल्ले गरेका थिए ।

उनले संविधानको मर्म,भावना अनुसार काम गर्नु पर्नेमा जोडदिदै आदीवासीहरुले सधै आरक्षण र संरक्षण माग्नु भन्दा पनि सीमित समयलाई आरक्षण र संरक्षण भएपनि सधै रही रहन नहुने बताए ।

मुख्यमन्त्री राईले अवको आदीवासी जनजातिले योग्यता र क्षमताको विकास गरेर प्रतिप्पर्धामा उत्रिनु सक्ने हुनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी प्रदेश नं १ का सभामुख माननीय प्रदिपकुमार भण्डारीले संविधान भनेको गतिशील र परिवर्तनशील एजेण्डा भएकोले आवस्यक परे थप घट भइरहने वताएकाछन् ।

वर्तमान संविधानमा उल्लेख गरीएको कानुनलाई व्यवहारीक ढंगले कार्यान्वयन भएको खण्डमा ५० प्रतिशत जनजातिका अधिकार सुनिश्चित हुने उल्लेख गरेका थिए ।

आफूले प्रदेशबाट माथिल्लो कानुनसँग नवाझिने गरी कानुन निर्माण लगायतका विषयमा जनजातिको लागि सक्दो गर्ने वताएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुरथापामगरले आयोग भर्खरै गठन भएको र आदिवासि जनजातिका के कस्ता विषय र अधिकारलाई आयोगले समेटन सकिन्छ भन्ने विषयलाई समेटनका लागि अन्तरक्रिया र सुझाव संकलन गर्न लागेको परिणामस्वरुप कार्यक्रमको आयोजना गरीएको वताए ।

कार्यक्रममा प्रदेश नं १ जनजाति समुदायका संसदहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रदेश नं १ का जनजाति नेताहरुको सहभागिता रहेको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic