महासंघ अध्यक्षमा पोख्रेल प्यानल विजयी

  • चैत २९, २०७७
  • २,६४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,२९ चैत ः नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलको उम्मेद्वार विपुल पोख्रेल विजयी भएकाछन् ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको गठवन्धनबाट उम्मेद्वार वनेका पोख्रेल विजयी वनेका हुन् ।

प्रेस युनियन समर्थक अध्यक्ष पोख्रेल सहित कार्यसमितिमा प्यानल नै निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

पोख्रेलले प्रधानमन्त्री केपी ओली समर्थक पत्रकार संगठन प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई भारी मतको अन्तरले पराजित गरेका हुन ।

निर्वाचन मण्डलका अनुसार पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत पाइन् ।

पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष थिए। दाङबाट पत्रकारिता थालेका पोख्रेल प्रेस युनियनमा लामो समयदेखि सक्रिय छन्। उनी झन्डै ३० वर्षदेखि पत्रकारितामा छन्।

५१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी सबै पोख्रेल नेतृत्वको गठबन्धनबाट निर्वाचित भएका छन्। कार्यसमितिमा तीन जना सदस्यबाहेक सबै पोख्रेल प्यानलबाट निर्वाचित भए। तीन सदस्यीय लेखासमिति पनि पोख्रेल पक्षको गठबन्धनबाट निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र अर्को स्वतन्त्र एक निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट ६७४१ मतसाथ निर्वाचित भए भने उनका निकटतम प्रतिद्धन्दि प्रेस चौतारीका माधव नेपालले ३७८१ मत ल्याए। उपाध्यक्ष महिलामा बाला अधिकारी निर्वाचित भइन्। उनले ७२२६ मत ल्याइन्।

उपाध्यक्ष समावेशीमा उदय जीएम निर्वाचित भएका छन्। महासचिवमा रोशन पुरी ६२४२ मतसाथ निर्वाचित भए भने प्रतिद्वन्द्वी शर्मा प्यानलका बालकृष्ण बस्नेतले ३८६० मत ल्याए।

सचिव खुल्लामा गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन्। सचिव महिलामा सृजना अर्याल, आदिवासी सचिव नारायण सुन्दर किलम्बू, सचिव मधेसीमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, सचिव एसोसिएटमा पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन्।

तीन सदस्यीय लेखा समितिमा संयोजक लेखनाथ न्यौपाने र सदस्यमा मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भएका छन्।

यता पाँच सदस्य खुलामा छविलाल तिवारी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री निर्वाचित भएका छन्।

सदस्य महिला खस आर्यमा सरिता तिम्सिना, मधेसीमा ललिताकुमारी साह, महिला आदिवासी जनजातितर्फ शान्ता आङबुहाङ, सदस्य दलिततर्फ सरिता बराइली र सदस्य आदिवासी जनजातिमा भीषण राई निर्वाचित भएका छन्।

महासंघको केन्द्रीय निर्वाचनमा कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र नेकपा एमाले माधवकुमार नेपाल पक्षधर प्रेस चौतारीको चुनावी तालमेल थियो। यसलाई अग्रगामी प्रजातान्त्रिक प्यानल भनिएको थियो। केन्द्रमा यो तालमेल भएपछि अधिकांश जिल्ला र प्रदेशहरूमा पनि यही प्यानल एक भएर चुनाव लड्यो।

केन्द्रमा खुला सचिव चौलागाईं र दलित सचिवमा विक नेपालनिकटबाट निर्वाचित हुन्। जितपछि अध्यक्ष पोख्रेलले पत्रकारहरूले आफ्नो संस्था ठान्ने गरी श्रमजीवी पत्रकारको हित र प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने बताए।

यो कसैको विजय र पराजय हैन। निर्वाचनका सन्दर्भमा भएका गठबन्धन चुनाव जित्ने रणनीतिका रुपमा भएका हुन्, समग्रतामा जसले जिते पनि पत्रकार, पत्रकारिताको हितसँग सम्बन्धित सबै एजेन्डामा सबै साथीसँग छलफल भएका छन्,’ पोख्रेलले भने, ‘मैले समग्र पत्रकारितालाई नयाँ उचाइको रुपमा लैजाने अवसरको रुपमा लिएको छु।’

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic