ओलीको दम्भ र अहंकारका कारण कम्युनिष्ट आन्दोलनको उपलव्धि धरापमा – आचार्य

  • वैशाख ५, २०७८
  • ६,१९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ वैशाख ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव लथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण कम्युनिष्ट आन्दोलनको उपलव्धि धरापमा पर्दै गएको आरोप लगाएकाछन् ।

22

नेकपा एमाले धरान उपमहानगर कमिटीले शनिवार आयोजना गरेको नेपाल पत्रकार महासंघ सुनसरीका निर्वाचित विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा वोल्दै आचार्यले सो कुरा वताएका हुन् ।

आचार्यले कसैको दम्भ, अंहकार र स्वेच्छाचारी कदमले मुलुक र जनताले दुःख पाउनु नहुने वताउदै जनताले अव छिटै फैसला गर्ने उल्लेख गरेकाछन् ।

bhola ph

विधि पद्धतिमा विना कुनै पनि कुरा सञ्चालन हुन नसक्ने वताउदै संसारमा कुनैपनि तानाशाहहरुको लामो भविष्य नभएको जिकिर गरेका थिए ।

उनले असंवैधानिक र गैरकानुनी रुपमा केपी ओलीले कार्यकर्ता माथि गरेको छलकपटपूर्ण कदमको डटेर सामाना गर्दै संगठन निर्माण र विस्तारमा लाग्न समेत निर्देशन दिएका थिए ।

त्यसैगरी नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रकाश राईले विधिको शासन दीर्घकालिन हुने वताउदै व्यक्तिको सनक भने क्षणिक मात्र हुने वताए ।

त्यसैगरी सुनसरी जिल्ला कमिटी सदस्य पदम इस्वोले कानुनलाई हात लिने कार्य निन्दनीय र भत्र्सना गर्न विषय भएको वताए ।

उनले कानुनलाई आफ्नो हातमा राखेर अव केपी ओलीले धेरै समय सत्तामा रहीरहन नसक्ने जिकिर गरृेका थिए ।

नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले सत्य र न्यायको पक्षमा कलम चलाउने संचारकमीहरुले जनताको पक्षमा न्यायिक लडाईमा साथ दिने वेला आएको वताए ।व्यक्तिको हैकमवादी प्रवृत्तिलाई समाप्त पार्नको लागि संचार क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख गरेकाछन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नव निर्वाचित अध्यक्ष जनकऋषि राईले प्रतिगमनको अवशेषहरु वाकी नै रहेको वताउदै प्रतिगमन अझै पनि अग्रगमन पक्षहरु थप संगठित हुनु पर्नेमा जोडदिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भीम आचार्यले निर्वाचितहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव पारस काड.माड.ले गरेका थिए ।

 

 

 

 

 

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic