निर्वाचन आयोग पुग्यो एमालेको खनाल नेपाल पक्ष

  • वैशाख ५, २०७८
  • ६,८४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,५ वैशाख ःअध्यक्ष केपी शर्मा ओलीले मनोपलि निर्णर्य गर्न थालेपछि नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ ।

आइतबार नेता डा। बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।

सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका जे जे कुरा भएका छन् ति सवै अवैधानिक छन् भनेर पुन आयोगलाई जानकारी गराउन आयोग गएका हौ’, डा। भुषालले आयोगमा बुझाएको पत्रबारे रातोपाटीलाई जानकारी दिए ।

पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल(नेपाल पक्ष असन्तुष्ट छ ।

नेपाल खनाल पक्षले समानान्तर कमिटी सञ्चालन गर्दै आएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic