तिगेला खेवाहाङ चुम्लुङ पुनर्गठन

  • वैशाख ६, २०७८
  • ३,७६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ वैशाख ःतिगेला खेवाहाङ चुम्लुङलले जेष्ठ सदस्य जितमान तिगेलाको अध्यक्षता समिति पुनर्गठन भएको छ ।

भेलाले खेवाहाङ वंशावली संशोधन तथा अद्यावधिक गर्ने र आदिवासी÷मूलबासी याक्थुङ (लिम्बू) हरुको प्रथाजनित परम्परागत संस्था “चुम्लुङ” अन्तरगत “तिगेला खेवाहाङ चुम्लुङ” पुनर्गठन गर्ने निर्णय गरेको हो ।

जेष्ठ सदस्य लालकुमार तिगेलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।भेलाको औचित्यका वारेमा डा. कमल तिगेला लिम्बूले जानकारी गरएका थिए ।

भेलामा सुनसरी,मोरङ, झापा,इलाम, पान्थर, तेह्रथुम, धनकुटा, भोजपुर, काठमाण्डौ, ललितपुरका तिगेला खेवाहाङहरुको सहभागिता रहेको थियो ।

करिब ४० जना सहभागि रहेको उक्त भेलालाई सम्बोधन गर्दै छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला खेवाहाङले सम्वोधन गरेका थिए ।

अध्यक्ष तिगेलाले वंशावली प्रकाशन र छथरे भाषा एवम् किरात सिरिजंगा लिपीमा पठन पाठनका लागि गाउँपालिका सरकारबाट आर्थिक बजेट छुटाउन आफु तयार रहेको वताएका थिए । उनले दश लिम्बू मध्येको गढ ताक्लुङ स्थित तागेरा तुरुम फुकु (ओढार) मा गर्न प्रस्ताव समेत गरेका थिए ।

डा. कमल तिगेलाका अनुसार उक्त फुकु (ओढार) खेवाहाङहरुको उत्पतिस्थलको रुपमा मानिन्छ । सो ओढारबाट उत्पति भएकाहरु, काठमाण्डौं उपत्याकाबाट राजधानी सार्ने किरात राजघरनाहरु, नागाहरु, खादी, लेप्चा, मोरङगे राजाका सन्ततीहरुको समष्ठिगत रुपनै आजको खेवाहाङ राष्ट्र भएको डा.तिगेलाले बताए ।

आदिवासी÷मूलबासी किरात याक्थुङ (लिम्बू)हरुको परम्परागत÷प्रथाजनित संस्था “चुम्लुङ” अन्तरगत पुनस्र्थापित पुनर्गठित “तिगेला खेवाहाङ चुम्लुङ” को हाङ डा कमल तिगेला खेवाहाङलाई सो भेलाले चयन गरेको छ ।

सो भेलामा हाङ डा.कमल तिगेलाद्धारा प्रस्तुत चुम्लुङको संरचना तुतु– तुम्याङ÷यारुला सुहाङ, नालि–थाङवेन÷सिसा–मेन्छ्या, पेगिफाङ्साम, पासिङ रहनेछन ।

जसमा हाङ कार्यकारी प्रमुख÷संयोजक÷अध्यक्ष, तुम्याङ (न्यायिक), फासिङ (आर्थिक), इङमेबा (सरदार), योक्थोक्वा (राजदुत), सिजोरा इङमेसा (सुचना संचार), थक्सुबा (योद्धा÷लडाकु दस्ता) आदि रहनेछन् ।

प्रस्तुत अवधारणा अनुसार “तिगेला खेवाहाङ चुम्लुङ” ले उपनिवेशवादी आधुनिक संस्थाका संरचना (अध्यक्ष, उपाध्यक्ष, महासचिव÷सचिव, कोषाध्यक्ष) को सट्टा आदिवासी÷मूलबासी किरात याक्थङ (लिम्बू)हरुको परम्परागत÷प्रथाजनित संस्था “चुम्लुङ” को संरचनालाई अवलम्बन गर्ने निर्णय उक्त भेलाले गरेको छ ।

तिगेला खेवाहाङ चुम्लुङले शिव तिगेलाको अध्यक्षतामा १७ सदस्यीय “तिगेला खेवाहाङ वंशावली संशोधन÷अध्यावधी मूल कार्य समिति” गठन गरेको छ ।

समितिमा उपाध्यक्षद्धय जितमान तिगेला (इलाम) र मोहन प्रसाद तिगेला (सुनसरी), सचिव भिम तिगेला (धनकुटा), कोषाध्यक्ष भिम तिगेला (सुनसरी), सह–सचिव जय प्रकास तिगेला (तेह्रथुम), सदस्य डा.कमल तिगेला (ललितपुर), खड्क तिगेला (काठमाण्डौं), रनवीर तिगेला (पान्थर), मतिराम तिगेला (झापा), रोशन तिगेला (मोरङ), कमलसिं तिगेला (धनकुटा), तोर्णदिप तिगेला (धनुकुटा), अरुण तिगेला (तेह्रथुम), कमलदिप तिगेला (धनकुटा), लालकुमार तिगेला (धरान), प्रकाश तिगेला (भोजपुर) रहेका छन् ।

त्यसैगरी ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष), थानाहाङ तिगेला )जिल्ला समन्वय समिति सदस्य तेह्रथुम), उत्तरमान तिगेला (युके सोलिसिटर), क्या।गजरधन तिगेला (युके), गंगाहाङ तिगेला (धनकुटा), खडक तिगेला (तेह्रथुम), खर्क तिगेला (हङकङ), टेकराज तिगेला (तेह्रथुम), विश्वासद्विप तिगेला (युके), लालबहादुर तिगेला (सुनसरी), भक्त तिगेला (अमेरिका) रहनु भएको छ ।

कोषाध्यक्ष भिम तिगेलाको संयोजकत्वमा गठित आर्थिक समितिमा पदम तिगेला (तेह्रथुम), कृष्ण तिगेला (धनकुटा), भिमबहादुर तिगेला (पान्थर), दिपक तिगेला (इलाम), हर्क तिगेला (झापा), धनबहादुर तिगेला (मोरङ), खगेन्द्र तिगेला (सुनसरी), उत्तरमान तिगेला÷विश्वासदिप तिगेला (युके), खर्क तिगेला (हङकङ), थर्कदिप तिगेला (जापान), रोशन तिगेला (अष्ट्रेलिया), गोपाल तिगेला (द.कोरीया), खगेन्द्र तिगेला (भारत), भक्त तिगेला (अमेरिका), सनमान तिगेला (नेदरलैण्ड) र शुकबहादुर तिगेला (क्यानडा) रहनु भएको छ ।

त्यसैगरी “तिगेला खेवाहाङ चुम्लुङ” ले तिगेला खेवाहाङ वंशावली लेखन तथा सम्पादनको जिम्मा डा। कमल तिगेला लिम्बूलाई र तथ्यांक संकलन तथा व्यवस्थापनको जिम्मा खड्क तिगेलालाई जिम्मा दिने निर्णय गरेको छ ।

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गर ...

म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैन

छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेक ...

विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद ...

रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

छाल खवर धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभ ...

रास्वपा धरान नगर अध्यक्षमा सुमन

छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपा ...

सुुनसरी उद्योग बाणिज्य सघंको निर्वाचनमा ‘फर्जी ’

छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic