धरानमा भूमिहिन सुकुम्बासी संकलन गर्न फारम वितरण शुरु

  • वैशाख १२, २०७८
  • ३,३११ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१२ वैशाखः धरानमा भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न फारम वितरण कार्य सुरु भएको छ ।

आज (आईतबार) बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गर्नु भएको थियो ।

11 1

सहजिकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो ।

वडाहरुमा धरानको सबैभन्दा बढी भूमिहिन दलित, भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका छन् ।

बाँकी रहेका वडाहरुमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आज धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा नगर प्रमुख राईले फारम वितरण गर्नु भएको छ ।

22 1

लगत संकलन ईकाईका संयोजक वेदप्रसाद सापकोटाले भूमि आयोगले उपलब्ध गराएको फारम धरान उपमहानगरपालिकाले वडाहरुमा वितरण गरेको जानकारी दिए ।

उनका अनुसार वडा नं. १ मा ३० वटा, २ मा २५ वटा, ३ मा ९२ वटा, ४ मा १५० वटा, ५ मा १६९० वटा, ६ मा ५६५ वटा, ७ मा ३० वटा, ८ मा ३६५ वटा, ९ मा १० वटा, १० मा ३३ वटा, ११ मा १४५६ वटा, १२ मा २५ वटा, १३ मा ५६५ वटा, १४ मा १५० वटा, १५ मा ११०७ वटा, १६ मा ४६३ वटा, १७ मा १२११ वटा, १८ मा २५ वटा, १९ मा १०६ वटा, २० मा १८७ वटा फारम वितरण गरिएको छ ।

आयोगले धरानको लागि १४ हजार ५ सय फारम उपलब्ध गराएको थियो । फारम पाए पनि वडा नं. १५ र १३ ले मात्र फारम भर्न शुरुवात गरेको सापकोटाको भनाई छ । अन्य वडाहरुले आवश्यक तयारी गरेर सम्भवतः भोली सोमबारदेखि फारम भर्न थाल्ने बताइएको छ ।

33

भूमि सम्बन्धी समस्या समाधान गर्न नगर प्रमुख तिलक राईको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । उक्त समितिले कही कतै समस्या आएमा समाधान गर्न सहजीकरण गर्नेछ । यस्तै, वडास्तरमा पनि सहजीकरण समिति गठन गरिएको छ ।

नगर प्रमुख राईले वडाहरुमा फारम वितरण गर्दै रातो फारम देशभरि आफ्नो परिवारको नाममा एक टुक्रा पनि जग्गा नहुनेले भर्नुपर्ने जानकारी दिएकाछन् ।

यस्तै, सेतो फारम आफ्नो नाम वा परिवारको नाममा कही जग्गा भएपनि ऐलनी जग्गामा बसिरहेको वा घेराबार गरेर बसिरहेकाहरुले भर्ने फारम भएको उनले वताएकाछन् ।

राईका अनुसार रातो फारम भर्नेले एक पटक निःशुल्क जग्गा पाउनुहुन्छ, सेतो फारम भर्नेले सरकारले तोकेको न्युनतम शुल्कमा राजश्व तिरेर लिनुपर्ने हुन्छ, कति जग्गा पाउने भन्ने यसको विधि उल्लेख गरीएको छ ।

नगर प्रमुख राईले वास्तविक सुकुम्बासी, वास्तविक भुमिहिन र वास्तविक अव्यवस्थितलाई माात्र फारम भराउन आग्रह गर्नु भएको छ ।

फारममा वडाअध्यक्ष र सम्बन्धित टोलका वडा सदस्यले, वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकोले आफ्नो टोल र वडामा फारम भर्नेहरुलाई राम्रोसँग हेर्न समेत नगर प्रमुख राईले आग्रह गरेकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic