अनधिकृत कमिटीको भ्रममा नपर्न जनप्रतिनिधिलाई एमालेको अनुरोध

  • वैशाख १७, २०७८
  • ४,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ वैशाख ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले अनधिकृत कमिटी र व्यक्तिले वन्द कोठाबाट फैलाएको भ्रममा नपर्न जनप्रतिनिधिलाई अपिल गरेको छ ।

एमाले जिल्ला अध्यक्ष रमेश वस्नेतले शुक्रवार विज्ञप्ति प्रकाशन गरी अवैधानिक कमिटीले जनप्रतिनिधिको मनोवल कमजोर वनाउन वन्द कोठामा वसेर गरेको षडयन्त्रको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

final photo uml  

वस्नेतद्धारा जारी विज्ञप्तिमा संचार माध्यममा नाम जोडिएर आएका व्यक्ति रेवतिरमण भण्डारी २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको सदस्यमा उमेद्वार बनि पराजित भई जिल्ला अध्यक्ष पद गुमाएका व्यक्ती भएको उल्लेख गरीएको छ ।

२०७४साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लाका २ उपमहानगरपालिका,४नगरपालिका र ६ गाउपालिकामा पार्टीका तर्फबाट मेयर,उपमेयर,वडाध्यक्ष र सदस्य पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट मार्ग निर्देश गर्ने काम पार्टीको आधिकारीत कमिटीबाट मात्र हुने विज्ञप्तिमा उल्लेख गरीएको छ ।

नेकपा (एमाले) सुनसरी जिल्लाको २०७२ साल पुषमा सम्पन्न दोस्रो जिल्ला परिषदले अध्यक्षमा द्धारीकालाल चौधरी,उपाध्यक्ष,रमेश कुमार वस्नेत,सचिव नन्दकुमार वस्नेत र उपसचिवमा पर्शुराम यादवलाई निर्वाचित गरेको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा अध्यक्ष द्धारीकलाल चौधरी इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेद्वार वनेपछि रमेश कुमार वस्नेत कार्यवाहक भई काम गरेका थिए ।

२०७४ असोज ५ मा सम्पन्न भएको प्रदेश कमिटी वैठकले रमेश कुमार वस्नेतको नेतृत्वमा जिल्ला संगठन कमिटी निर्माण गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोही कमिटी नै २०७५जेठ २ हुदै हालसम्म पनि कायम रहेको विज्ञप्तिमा दावी गरीएको छ ।तथाकथित स्पष्टीकरणबाट पछि नहटी आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी जनताको सेवामा अनवरत लागि रहन जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरेको छ ।

यस अघि धरान १५ का वडाध्यक्ष नरेशकुमार इवारम,इटहरीका कार्यपालिका सदस्य गौरी परियार,रामधुनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष डेगराज फुयाल,वराहनगरपालिकाकी उपमेयर कमला मगर, इनरुवा नगरपालिका वडा नं ३ का वडा सदस्य सरोज वराललाई भण्डारीले स्पष्टीकरण पत्र भन्दै पत्र पठाएका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic