पुरस्कार राशिबाट ज्येष्ठ नागरिक र बालबालिकाको भवन

  • वैशाख १९, २०७८
  • ३,१९२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१९ वैशाख ःपहिलो पटक आफ्नो वडालाई बालमैत्री वडा घोषणा गरेको धरान उपमहानगरपालिका वडा नं.१३ ले जेष्ठ नागरीक र बालबालिकाहरुको लागि भवन पनि पहिलो पटक निर्माण गरेको छ ।

वडा कार्यालय परिसरमा निर्माण गरीएको ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको भवन एक कार्यक्रमका बीच नगर प्रमुख तिलक राईले उद्घाटन गरेका थिए ।

5-1

वडा नं १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार १४ लाखको लागतमा निर्माण भएको सो भवन निर्माणका लागि धरान उपमहानगरपालिका सामाजिक विकास समितिबाट ४ लाख ८० हजार, बालमैत्री वडा घोषणा गरेबापतको प्राप्त पुरस्कार ५ लाख र वडाका विभिन्न सहयोगी (समाजसेवी) दाताहरुबाट ४ लाख २० हजार रुपैयाँ संकलन भएको थियो ।

नवनिर्मित भवनमा ज्येष्ठ नागरिक र बालबालिकालाई एकै थलोमा राखेर ज्येष्ठ नागरिकबाट बालबालिकालाई पुराना संस्कार, संस्कृति, रीतिरिवाजजस्ता कुराहरुको पुस्ता हस्तान्तरणको अभियान चलाइने वडा अध्यक्ष काफ्लेको भनाई रहेको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic