महासंघ सुनसरीको तीन महत्त्वपूर्ण निर्णय

  • वैशाख २५, २०७८
  • ४,००५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ वैशाख ः नेपाल पत्रकार महासंघ सुुनसरीले तीन वटा महत्वपूर्ण निर्णय गरेकोछ ।

आज भएको भर्चुअल (जुम) मार्फत भएको बैठकले जिल्लाका पत्रकारको हितमा तीन महत्त्वपूर्ण निर्णय गरेको हो ।

वैठकले जिल्लामा कार्यरत पत्रकार कोरोना संक्रमित भएमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्णय गरेको छ ।

सो कार्यका लागि अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह–सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।

त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरीएको अध्यक्ष जनकऋषि राइले जानकारी दिएकाछन् ।

त्यसैगरी सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ ।

बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।

उनीहरूले अहिलेको समयमा संचारकर्मीहरुलाई परेको समस्या समाधानमा महासंघ लाग्नुुपर्नेमा जोड दिएका थिए ।

सचिव ध्रुव ढकालका अनुसार जिल्लाभरीका विभिन्न स्थानीय तहसँग समन्वय गरी पत्रकारहरुको लागि आइसोलेसन निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic