महासंघ सुनसरीको तीन महत्त्वपूर्ण निर्णय

  • वैशाख २५, २०७८
  • ३,९३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ वैशाख ः नेपाल पत्रकार महासंघ सुुनसरीले तीन वटा महत्वपूर्ण निर्णय गरेकोछ ।

आज भएको भर्चुअल (जुम) मार्फत भएको बैठकले जिल्लाका पत्रकारको हितमा तीन महत्त्वपूर्ण निर्णय गरेको हो ।

वैठकले जिल्लामा कार्यरत पत्रकार कोरोना संक्रमित भएमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्णय गरेको छ ।

सो कार्यका लागि अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह–सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आरबी कट्वाल, सुुस्मिता राई र सुुबिन बिश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।

त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरीएको अध्यक्ष जनकऋषि राइले जानकारी दिएकाछन् ।

त्यसैगरी सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ ।

बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।

उनीहरूले अहिलेको समयमा संचारकर्मीहरुलाई परेको समस्या समाधानमा महासंघ लाग्नुुपर्नेमा जोड दिएका थिए ।

सचिव ध्रुव ढकालका अनुसार जिल्लाभरीका विभिन्न स्थानीय तहसँग समन्वय गरी पत्रकारहरुको लागि आइसोलेसन निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो ।

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic