कालोबजारी र महगी विरूद्ध युवा संघ र अनेरास्ववियु धरान उपमहानगर नगरपालिका,इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा ज्ञापन

  • वैशाख २७, २०७८
  • ४,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ वैशाख ः नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले कोरोना कहरको मौका छोपेर बजारमा भएको कृतिम,कालाबजारी र महगी विरूद्ध आन्दोलन गर्ने चेतावनि दिएको छ ।

सुनसरी उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाउदै दवै संगठनहरुले कृतिम अभाव,कालाबजारी र महंगी विरुद्ध आन्दोलन गर्ने चेतावनि दिएका हुन् ।

p 3

युवा संघका धरान अध्यक्ष जगतबहादुर भारती र अनेरास्ववियु नगर अध्यक्ष अर्जुन कार्कीले छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएर तीन दिन भित्र कृतिम अभाव र कालावजारी नियन्त्रण गर्न अल्टिमेटम दिएकाछन् ।

तीन दिन भित्र बजारमा बढेको अराजकता नियन्त्रण गर्न बेवास्ता गरे कडा आन्दोलनमा उत्रने युवा संघ नगर अध्यक्ष भारतीले चेतावनी दिएकाछन् ।

अल्टिमेटमलाई वेवास्ता गरे आन्दोलनबाट हुने परिस्थिति र क्षतिको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने समेत चेतावनि दिइएको छ ।

p=2

युवा संघले इलाका प्रशासन कार्यालय धरान,धरान उपमहानगरपालिकामा समेत ज्ञापन पत्र वुझाएको छ ।
सो ज्ञापन पत्रमा धरान उपमहानगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ ।

नेकपा एमाले नगर सदस्य युवा संघका जिल्ला अध्यक्ष ब्रहमज्ञ भट्टटराईका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा सुधार, कोभिड अस्पताल सुधारलगायत त्यहाँ हुने अनियमितता विरूद्ध उपकुलपतिलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic