कालोबजारी र महगी विरूद्ध युवा संघ र अनेरास्ववियु धरान उपमहानगर नगरपालिका,इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा ज्ञापन

  • वैशाख २७, २०७८
  • ४,५११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ वैशाख ः नेकपा एमाले सम्वद्ध युवा संघ र अनेरास्ववियु धरान नगर कमिटीले कोरोना कहरको मौका छोपेर बजारमा भएको कृतिम,कालाबजारी र महगी विरूद्ध आन्दोलन गर्ने चेतावनि दिएको छ ।

सुनसरी उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाउदै दवै संगठनहरुले कृतिम अभाव,कालाबजारी र महंगी विरुद्ध आन्दोलन गर्ने चेतावनि दिएका हुन् ।

p 3

युवा संघका धरान अध्यक्ष जगतबहादुर भारती र अनेरास्ववियु नगर अध्यक्ष अर्जुन कार्कीले छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएर तीन दिन भित्र कृतिम अभाव र कालावजारी नियन्त्रण गर्न अल्टिमेटम दिएकाछन् ।

तीन दिन भित्र बजारमा बढेको अराजकता नियन्त्रण गर्न बेवास्ता गरे कडा आन्दोलनमा उत्रने युवा संघ नगर अध्यक्ष भारतीले चेतावनी दिएकाछन् ।

अल्टिमेटमलाई वेवास्ता गरे आन्दोलनबाट हुने परिस्थिति र क्षतिको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने समेत चेतावनि दिइएको छ ।

p=2

युवा संघले इलाका प्रशासन कार्यालय धरान,धरान उपमहानगरपालिकामा समेत ज्ञापन पत्र वुझाएको छ ।
सो ज्ञापन पत्रमा धरान उपमहानगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ ।

नेकपा एमाले नगर सदस्य युवा संघका जिल्ला अध्यक्ष ब्रहमज्ञ भट्टटराईका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा सुधार, कोभिड अस्पताल सुधारलगायत त्यहाँ हुने अनियमितता विरूद्ध उपकुलपतिलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic