पत्रकार महासंघ र धरान नगरपालिकावीच सहकार्य

  • वैशाख ३१, २०७८
  • १,३१५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,३१ वैशाख ः नेपाल पत्रकार महासंघ सुनसरी र धरान नगरपालिकावीच कोरोना महाकारीको विरुद्धमा लडनका लागि सहकार्य गर्ने भएको छ ।

महासंघले आज धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र वुझाउदै पत्रकारहरुको सुरक्षाको साथमा वृत्ति विकासका विषयलाई लिएर नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षण पत्र समेत वुझाएको छ ।

fnj

महासंघले ६ बुदे मागहरु समावेश गरी ध्यानाकर्षण पत्र वुझाएको हो ।

महासंघले पेस गरेका ६ वुदेमा सञ्चारमाध्यम लक्षित विषेश प्याकेज तत्काल घोषणा गरियोस्, तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याइएको रकम महासंघ मार्फत पत्रकारको समस्या टार्न उपलब्ध गराइयोस्, सञ्चारगृहलाई नियमित रुपमा प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गर्ने व्यबस्था गरीयोस्, फेलोसिप प्रदान गरियोस् भनि उल्लेख गरीएको छ ।

त्यसैगरी कोरोना संक्रमणबिरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विषेश प्याकेज घोषणा गरियोस् र पत्रकारका लागी निःशुल्क उपचारको व्यवस्था गरियोस् भनि माग राखिएको छ ।

सो विषयमा नगरप्रमुख तिलक राईले यस मागहरुमा उपमहानगरपालिका सकारात्मक रहेको र चाँडै छलफल गरेर अघि बढाउने वताएकाछन् ।

उनले सङ्क्रमणमा परेका पत्रकारको उपचारका लागि आइसोलेशन सञ्चालनमा महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाले धरान–१९ हरियाली सामुदायिक वनमा आइसोलेशन बनाउँदैछ ।
उक्त आइसोलेशनको व्यावस्थापन समितिमा महासंघको तर्फबाट समेत एकजना प्रतिनिधि पठाउन नगरप्रमुख राईले बताएका छन् ।

धरान नगरपालिका र पत्रकार महासंघवीच गत वर्षहरुमा पनि सहकार्य हुदै आएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic