पत्रकार महासंघ र धरान नगरपालिकावीच सहकार्य

  • वैशाख ३१, २०७८
  • १,२६२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,३१ वैशाख ः नेपाल पत्रकार महासंघ सुनसरी र धरान नगरपालिकावीच कोरोना महाकारीको विरुद्धमा लडनका लागि सहकार्य गर्ने भएको छ ।

महासंघले आज धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र वुझाउदै पत्रकारहरुको सुरक्षाको साथमा वृत्ति विकासका विषयलाई लिएर नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षण पत्र समेत वुझाएको छ ।

fnj

महासंघले ६ बुदे मागहरु समावेश गरी ध्यानाकर्षण पत्र वुझाएको हो ।

महासंघले पेस गरेका ६ वुदेमा सञ्चारमाध्यम लक्षित विषेश प्याकेज तत्काल घोषणा गरियोस्, तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याइएको रकम महासंघ मार्फत पत्रकारको समस्या टार्न उपलब्ध गराइयोस्, सञ्चारगृहलाई नियमित रुपमा प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गर्ने व्यबस्था गरीयोस्, फेलोसिप प्रदान गरियोस् भनि उल्लेख गरीएको छ ।

त्यसैगरी कोरोना संक्रमणबिरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विषेश प्याकेज घोषणा गरियोस् र पत्रकारका लागी निःशुल्क उपचारको व्यवस्था गरियोस् भनि माग राखिएको छ ।

सो विषयमा नगरप्रमुख तिलक राईले यस मागहरुमा उपमहानगरपालिका सकारात्मक रहेको र चाँडै छलफल गरेर अघि बढाउने वताएकाछन् ।

उनले सङ्क्रमणमा परेका पत्रकारको उपचारका लागि आइसोलेशन सञ्चालनमा महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाले धरान–१९ हरियाली सामुदायिक वनमा आइसोलेशन बनाउँदैछ ।
उक्त आइसोलेशनको व्यावस्थापन समितिमा महासंघको तर्फबाट समेत एकजना प्रतिनिधि पठाउन नगरप्रमुख राईले बताएका छन् ।

धरान नगरपालिका र पत्रकार महासंघवीच गत वर्षहरुमा पनि सहकार्य हुदै आएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic