सुरक्षाकर्मीहरुलाई कृति सहकारीको स्वास्थ्य सामाग्री

  • जेठ ३, २०७८
  • ११,५८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ःकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१२ ले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सहकारीले धरान उपमहानगरपालिका भित्र रहेका सुरक्षा निकायहरु ईलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकीहरुमा सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष सुमन श्रेष्ठका अनुसार ईलाका प्रहरी कार्यालय धरान सहित अस्थाई प्रहरी चौकी पानाबारी, अस्थाई प्रहरी चौकी विजयपुर, अस्थाई प्रहरी चौकी देउराली, अस्थाई पहरी चौकी श्यामचोक, अस्थाई प्रहरी चौकी रेल्वे धरान१७ र भानुचोकमा रहेको वडा प्रहरी कार्यालयलाई ३० हजार बराबरको सेनिटाईजर, मास्क र फेस क्लिप्स प्रदान गरीएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले यस्तो महामारीकाबीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई धेरै चुनौती रहेकाले हौसला स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको वताएकाछन् ।

कार्यक्रममा उपाध्यक्ष कुशल श्रेष्ठ, सदस्य दिपेन लिम्बु, नेकपा माओवादी केन्द्रका नेता फोक्वाहाङ्ग सुब्बा (चोत्लुङ) र सामाजिक अभियन्ता मिङमा भोटे लगायतको उपस्थिति रहेको थियो ।

final photo 1

त्यसैगरी भगवान पर्शुराम समाज नेपालले नेपाल पत्रकार महासंघ सुनसरी र इलाका प्रहरी कार्यालय धरान र ट्राफिक प्रहरी कार्यालय धरानलाई माक्स र सेनिटाइजर प्रदान गरेको छ ।

समाजका अध्यक्ष रामअवतार शर्माले महासंघका सुनसरी अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरेका थिए ।

सो सामाग्री भगवान पर्शुरामको जन्मोत्सवको अवसरमा प्रदान गरीएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic