सुरक्षाकर्मीहरुलाई कृति सहकारीको स्वास्थ्य सामाग्री

  • जेठ ३, २०७८
  • ११,५२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ःकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१२ ले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सहकारीले धरान उपमहानगरपालिका भित्र रहेका सुरक्षा निकायहरु ईलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकीहरुमा सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष सुमन श्रेष्ठका अनुसार ईलाका प्रहरी कार्यालय धरान सहित अस्थाई प्रहरी चौकी पानाबारी, अस्थाई प्रहरी चौकी विजयपुर, अस्थाई प्रहरी चौकी देउराली, अस्थाई पहरी चौकी श्यामचोक, अस्थाई प्रहरी चौकी रेल्वे धरान१७ र भानुचोकमा रहेको वडा प्रहरी कार्यालयलाई ३० हजार बराबरको सेनिटाईजर, मास्क र फेस क्लिप्स प्रदान गरीएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले यस्तो महामारीकाबीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई धेरै चुनौती रहेकाले हौसला स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको वताएकाछन् ।

कार्यक्रममा उपाध्यक्ष कुशल श्रेष्ठ, सदस्य दिपेन लिम्बु, नेकपा माओवादी केन्द्रका नेता फोक्वाहाङ्ग सुब्बा (चोत्लुङ) र सामाजिक अभियन्ता मिङमा भोटे लगायतको उपस्थिति रहेको थियो ।

final photo 1

त्यसैगरी भगवान पर्शुराम समाज नेपालले नेपाल पत्रकार महासंघ सुनसरी र इलाका प्रहरी कार्यालय धरान र ट्राफिक प्रहरी कार्यालय धरानलाई माक्स र सेनिटाइजर प्रदान गरेको छ ।

समाजका अध्यक्ष रामअवतार शर्माले महासंघका सुनसरी अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरेका थिए ।

सो सामाग्री भगवान पर्शुरामको जन्मोत्सवको अवसरमा प्रदान गरीएको थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic