पत्रकार महासंघलाई युवा नेताको निःशुल्क गाडी

  • जेठ ३, २०७८
  • १,९२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ः नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा युवा नेता कमल प्रसाद श्रेष्ठले नेपाल पत्रकार माहासंघलाई निशुल्क गाडि उपलब्ध गराएका छन् ।

कोरोनाको कहर सिन्धुपाल्चोकमा दिनानुदिन बढिरहेको अबस्थामा संचारकर्मीको लागि श्रेष्ठले आफ्नो निजि सबारी साधन उपलब्ध गराएका हुन् ।

श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका छन ।

जिल्लामा संकटमा रहेका सञ्चारकर्मी तथा अन्य व्यक्तिले समेत प्रयोग गर्न सक्नेगरि सो गाडी महासंघलाई उपलब्ध गराएको युवा नेता श्रेष्ठले बताए ।

माहासंघलाई आफ्नै गाडी प्राप्त भएपछि हामी यो बिषम परिस्थितिमा सञ्चारकर्मीलाई रिपोर्टिङमा जान र कुनै संचारकर्मीमा कोरोना पोजेटिभ देखिएमा तुरुन्त अस्पताल पुर्याउन निकै सजिलो हुने महासंघका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए।

युवा नेता श्रेष्ठले दिएको गाडी नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले कार्यबिधि बनाएर सञ्चालन गर्ने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोरोना अवधिभर मात्रै सो गाडि सञ्चारकर्मीहरुले प्रयोग गर्न दिइएको हो । अब सिन्धुपाल्चोकमा कार्यरत कुनै सञ्चारकर्मी कोरोना संक्रमित भएमा सो गाडी उनिहरुलाई उपचार गर्न लैजान प्रयोग हुनेछ ।

श्रेष्ठ केही समय अघि सञ्चार क्षेत्रमै रहेर काम गरेका व्यक्ति हुन् हाल उनि जलविद्युत व्यवसायी हुन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic