पत्रकार महासंघलाई युवा नेताको निःशुल्क गाडी

  • जेठ ३, २०७८
  • १,८७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ः नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा युवा नेता कमल प्रसाद श्रेष्ठले नेपाल पत्रकार माहासंघलाई निशुल्क गाडि उपलब्ध गराएका छन् ।

कोरोनाको कहर सिन्धुपाल्चोकमा दिनानुदिन बढिरहेको अबस्थामा संचारकर्मीको लागि श्रेष्ठले आफ्नो निजि सबारी साधन उपलब्ध गराएका हुन् ।

श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका छन ।

जिल्लामा संकटमा रहेका सञ्चारकर्मी तथा अन्य व्यक्तिले समेत प्रयोग गर्न सक्नेगरि सो गाडी महासंघलाई उपलब्ध गराएको युवा नेता श्रेष्ठले बताए ।

माहासंघलाई आफ्नै गाडी प्राप्त भएपछि हामी यो बिषम परिस्थितिमा सञ्चारकर्मीलाई रिपोर्टिङमा जान र कुनै संचारकर्मीमा कोरोना पोजेटिभ देखिएमा तुरुन्त अस्पताल पुर्याउन निकै सजिलो हुने महासंघका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए।

युवा नेता श्रेष्ठले दिएको गाडी नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले कार्यबिधि बनाएर सञ्चालन गर्ने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोरोना अवधिभर मात्रै सो गाडि सञ्चारकर्मीहरुले प्रयोग गर्न दिइएको हो । अब सिन्धुपाल्चोकमा कार्यरत कुनै सञ्चारकर्मी कोरोना संक्रमित भएमा सो गाडी उनिहरुलाई उपचार गर्न लैजान प्रयोग हुनेछ ।

श्रेष्ठ केही समय अघि सञ्चार क्षेत्रमै रहेर काम गरेका व्यक्ति हुन् हाल उनि जलविद्युत व्यवसायी हुन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic