धरानका बैंक तथा वित्तिय संस्थाहरु बन्द

  • जेठ ३, २०७८
  • २,४६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३ जेठ ः भीडभाडका कारण कोरोना संक्रमण वढन सक्ने भन्दै धरान क्षेत्रका वैंकहरुको सेवा वन्द हुने भएको छ ।

प्रत्यक्ष उपस्थिति हुदा भीडभाड बढने र त्यसबाट संक्रमण बढने भएकोले बैंक तथा बितीय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा बन्द गर्ने भएको हो ।

धरानमा कोरोना संक्रमण तिब्ररुपमा फैलिदो रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम थप बढेपछि आज नगर प्रमुख तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारीको संक्रमण दिन प्रति दिन बढ्दै गएकाले रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञालाई प्रभावकारी रूपमा लागु गर्न बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने सम्बन्धमा छलफल हुँदा सो निर्णय भएको हो ।

बैंकहरुमा सेवाग्राही आएर प्रत्यक्ष लिने सेवा जेठ ७ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन ।

उनका अनुसार लकडाउन गरिए पनि बैंकहरुमा सेवा सुचारु हुँदा भिडभाड बढेको र बैंकहरु आफैले पनि जोखिम भएको भनेपछि प्रत्यक्ष दिदै आएको सेवा अहिलेलाई रोक्ने निर्णय भएको हो । इ सेवा, एटिएम सेवा भने बन्द नगरिने खतिवडाले बताए । 

bank-suchana

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic