धरानका बैंक तथा वित्तिय संस्थाहरु बन्द

  • जेठ ३, २०७८
  • २,५२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,३ जेठ ः भीडभाडका कारण कोरोना संक्रमण वढन सक्ने भन्दै धरान क्षेत्रका वैंकहरुको सेवा वन्द हुने भएको छ ।

प्रत्यक्ष उपस्थिति हुदा भीडभाड बढने र त्यसबाट संक्रमण बढने भएकोले बैंक तथा बितीय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा बन्द गर्ने भएको हो ।

धरानमा कोरोना संक्रमण तिब्ररुपमा फैलिदो रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम थप बढेपछि आज नगर प्रमुख तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारीको संक्रमण दिन प्रति दिन बढ्दै गएकाले रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञालाई प्रभावकारी रूपमा लागु गर्न बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने सम्बन्धमा छलफल हुँदा सो निर्णय भएको हो ।

बैंकहरुमा सेवाग्राही आएर प्रत्यक्ष लिने सेवा जेठ ७ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन ।

उनका अनुसार लकडाउन गरिए पनि बैंकहरुमा सेवा सुचारु हुँदा भिडभाड बढेको र बैंकहरु आफैले पनि जोखिम भएको भनेपछि प्रत्यक्ष दिदै आएको सेवा अहिलेलाई रोक्ने निर्णय भएको हो । इ सेवा, एटिएम सेवा भने बन्द नगरिने खतिवडाले बताए । 

bank-suchana

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic