धरान राउण्ड टेवलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • जेठ ४, २०७८
  • १,१५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ जेठ ःधरानमा शिक्षा क्षेत्रमा सकृय धरान राउण्ड टेवल  २६ ले कोरोना माहामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो ।

जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले बताए ।

महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भएपनि सहयोग पुर्याउने उदेश्यले सामाग्री वितरण गरीएको जानकारी दिए ।

धरान राउण्ड टेवलले आयस्रोत नभएका र समस्यामा परेका सरकारी विद्यालयहरुलाई विगत वर्ष देखि भौतिक तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई निरन्तरा दिदै जाने अध्यक्ष अग्रवालले जानकारी दिए ।

आफ्नो संस्थाको उदेश्य शैक्षिक क्षेत्र मात्र भएपनि महामारीको समयमा अन्य क्षेत्रमा पनि केही सहयोग पुर्याउने उदेश्यले सामाग्री हस्तान्तरण गरीएको अग्रवालको भनाई रहेको छ ।

सामाग्री हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले महासंघलाई सहयोग गरेकोमा राउण्ड टेवललाई धन्यवाद दिदै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई आवस्यकताको आधारमा वितरण गरीने वताए ।

सहयोगी संंघ संस्थाहरुसंग सहकार्य गर्र्दै अघि वढने वताए । अन्य संघ संस्थाहरुसंग पनि सहयोग र सहकार्यको अभियानलाई निरन्तरता दिने वताए ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic