नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

  • जेठ ७, २०७८
  • १०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन ।
यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्द्र पाण्डे चितवन, घनश्याम भुसाल रुपन्देही, योगेश भट्टराई ताप्लेजुङ्ग, गोकर्ण बिष्ट गुल्मी, गणेश पहाडी सिन्धुली र नारायण खतिवडा नुवाकोट रहेका छन ।
प्रधानमन्त्री ओलीको पौष ५ गतेको प्रतिनिधी सभा विघटन गर्ने कदम सँगै मन्त्री पदबाट राजिनामा दिएर संसद पुर्नस्थापनाको पक्षमा लागेका नेपाल–खनाल समूह सासंद योगेश भट्टराईले देउवालाइृ प्रधानमन्त्रीमा समर्थन गर्न नसकिने निर्णय सँगै आफ्नो उक्त कदमको बारेमा फेसबुकमा लेखेका छन ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।ु
छालखबरसँग कुरा गर्दै सुनसरीका जयकुमार राईले विगतमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको अवस्थामा आफु संसद पुर्नस्थापनाको रहेको र अहिलेपनि पार्र्टीलाई विधि पद्धती पार्टीको विधान अनुसार चलाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै पार्टी विभाजनको हुनु हुदैन भन्नेमा प्रष्ट रहेको बताए ।
राईले जनता कोरोना महामारीले आक्रान्त बनिरहेको अवस्थामा राष्ट्रिय सहमती कायम गर्दै सारा मुलुकको ध्यान यस्को रोगथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा त्यस तर्फ गम्भिर नभएर सत्ताको खेलमा लाग्नु दुखद भएको बताए ।
सासंद राईले प्रधानमन्त्रीमा शेरबहादुर देवालालाई आफूले समर्थन नगरेको र अरु नै प्रयोजनका निमित्त लिईएको आफ्नो हस्ताक्षरको दूरुपयोग भएको राष्ट्रपति कार्यालयमा जानकारी गराएको बताएका छन ।

yogesh

Jay Kumar Rai

 

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic