संसद विघटनको डटेर प्रतिवाद गर्न नेता नेपालको आव्हान

  • जेठ ८, २०७८
  • १९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, ८ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधी सभा विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरे सँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन ।

सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गरेका छन ।

नेता नेपाले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आव्हान गर्दै प्रतिक्रियामा ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ’ भनेका छन ।

छलफल गरेर निश्कर्षमा पुग्छौः घनश्याम भुषाल

त्यसै गरी एमालेका अर्का नेता घनश्याम भुषालले एमाले पार्टीपंक्ति प्रतिनिधि सभा विघटनको पक्षमा नरहेको उल्लेख गर्दै पार्टी एकतावद्ध गर्ने प्रयास भइरहेका बेलामा प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताए छन ।

प्रतिनिधी सभा विघटनको घोषण पछि प्रतिक्रिया व्यक्त गर्दै भुषालले एमाले पार्टी पंक्ति प्रतिनिधि सभा बचाउन चाहन्थ्यो तर सरकारको कदमले यसलाई खण्डित गरेको छ । यो दुःखद पक्ष हो भनेका छन । उनले भने अब देशभरिका नेता–कार्यकर्तासँग छलफल गरेर एउटा निश्कर्षमा पुग्ने बताए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic