सर्दु जलाधारको विषयमा प्रकाशित समाचारप्रति दुइ संस्थाको आपत्ति

  • जेठ ९, २०७८
  • १३,५७९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,९ जेठ ः एक राष्ट्रिय दैनिकमा प्रकाशन भएको समाचार प्रति विभिन्न संघ संस्थाहरुले आपत्ति जनाएकाछन् ।

धरानको खानेपानीको मुहानको रुपमा रहेको सर्दु जलाधारको जग्गाको विषयमा नाम जोडेर चरित्र हत्या गर्दै ‘पत्रकारीताको खोल ओढेर समाजमा भ्रम फैलाएको आरोप समेत संघले  लगाएको छ ।

नेपाल दलित संघ धरान उपमहानगर समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या जस्तो गंभिर कार्य गरेको भन्दै घोर भत्र्सना गरेको हो ।

photo = 2 1

संघका धरान उपमहानगर समितिका सभापति गणेश परियारले सो समाचारमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान फुटबल क्लबका अध्यक्ष एवं राजनैतिक, सामाजिक व्यत्तित्व किशोर राईको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने गरी विना प्रमाण समाचार प्रकाशन गरेको आरोप लगाएकाछन् ।

‘कसैको उक्साहट र आर्थिक प्रलोभनमा परी अरुको सामाजिक मानमर्दन गर्दै सामाजिक प्रतिष्ठामा नै आँच आउने गरी यस्तो हर्कत गरेको’ विज्ञप्तिमा उल्लेख गरीएको छ ।

पत्रकारीताको खोल ओढेर पेशाको धज्जी उडाउदै समाजलाई त्रसित बनाई गलत सुचना प्रवाह गरेको’ले यस्तो खाले भ्रामक समाचारका पछि नलाग्न सर्वसाधारणमा संघले अपिल गरेको छ ।

दैनिकमा राईमाथी सर्दु जलाधारको जग्गा लिएेर विक्रि गरेको आरोप लगाईको थियो ।

त्यसैगरी धरान फुटबल क्लबले पनि क्लवको अध्यक्षको विषयमा आएको समाचारको आपत्ति जनाएको छ ।

क्लवका महासचिव प्रताप तामाङले विज्ञप्ती जारी गर्दै एन्फाका मानार्थ उपाध्यक्ष तथा एक नं. प्रदेश अध्यक्ष समेत रहेका धरान फुटबल क्लबका अध्यक्ष किशोर राई माथी लगाइएको आरोप निराधार भएको दावी गरेको छ ।

स्वच्छ पत्रकारीता गर्न आग्रह गर्दै पत्रकारीताको धज्जी उडाउने कार्य तत्काल वन्द गर्न समेत अपिल गरेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic