पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

  • जेठ १३, २०७८
  • ९२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ ।

महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो ।

सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ ।

सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए ।

सो समाचारमा नेपाली काँग्रेस सुनसरीका एक नेतालाई जलाधार क्षेत्रलाई निजीकरण गर्न मिलेमतो गरेको र त्यसवापत जग्गा लिएर विक्रि गरेको उल्लेख गरेका थिए ।

सोही समाचारको विषयलाई लिएर नेपाली कांग्रेसका भातृसंगठनहरुले आचार्य माथि आर्थिक प्रलोभनमा परेर पत्रकारिताको धज्जी उडाउने काम भएको भन्दै आरोप लगाउदै पत्रकारलाई नाङ्गेझार बनाउने चेतावनी दिएका थिए ।

पत्रकारलाई धम्की दिनेहरूलाई कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासन समक्ष महासंघले गम्भीर ध्यानाकर्षण गराइएको छ ।

कोही कसैलाई समाचारको विषयमा चित्त नवुझे कानुनी उपचार गर्न लाग्नु पर्नेमा गलत कार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic