पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

  • जेठ १३, २०७८
  • ९७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ ।

महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो ।

सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ ।

सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए ।

सो समाचारमा नेपाली काँग्रेस सुनसरीका एक नेतालाई जलाधार क्षेत्रलाई निजीकरण गर्न मिलेमतो गरेको र त्यसवापत जग्गा लिएर विक्रि गरेको उल्लेख गरेका थिए ।

सोही समाचारको विषयलाई लिएर नेपाली कांग्रेसका भातृसंगठनहरुले आचार्य माथि आर्थिक प्रलोभनमा परेर पत्रकारिताको धज्जी उडाउने काम भएको भन्दै आरोप लगाउदै पत्रकारलाई नाङ्गेझार बनाउने चेतावनी दिएका थिए ।

पत्रकारलाई धम्की दिनेहरूलाई कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासन समक्ष महासंघले गम्भीर ध्यानाकर्षण गराइएको छ ।

कोही कसैलाई समाचारको विषयमा चित्त नवुझे कानुनी उपचार गर्न लाग्नु पर्नेमा गलत कार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic